भाद्र १ गते, २०७६

कार्यसम्पादन र सेवालाई प्रभावकारी बनाउन सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यसम्पादन र सेवालाई प्रभावकारी बनाउन आफू मातहतका निकायलाई चार बुँदे निर्देशन दिएको छ । मन्त्रालय र मातहतका निकायले मासिक बैठक गरी कामको प्रभावकारिता बढाउन निर्देशन दिएको हो ।

मन्त्रालयका शाखा अधिकृत जगतप्रसाद भुसालले मन्त्रालय र मातहतका निकायले प्रत्येक महीनाको १ गते दिउँसो १ः०० बजे कामको गतिविधि र प्रभावकारीता सम्बन्धी समीक्षा बैठक राख्न निर्देशन दिइएको जानकारी दिए। उक्त बैठकमा शाखा अधिकृत र सो भन्दा उच्च तहका कर्मचारीले अनिवार्य रुपमा उपस्थित हुनुपर्ने छ ।

यस्तै मन्त्रालयका महाशाखा प्रमुख र विभागका महानिर्देशकले सेवालाई प्रभावकारी बनाउन प्रत्येक हप्ताको आइतबार बिहान १०ः३० बजे बैठक गर्न निर्देशन दिएको छ ।

यसैगरी मन्त्रालयले कार्यालय समयमा कर्मचारी बाहिर निस्किँदा प्रत्येक महाशाखा/विभागमा अनिवार्य रुपमा लगबुक भर्ने/भराउने व्यवस्था मिलाउन भनेको छ ।

महाशाखा प्रमुख/महानिर्देशकले मातहतका शाखा प्रमुख र शाखा प्रमुखले शाखा अधिकृतसम्मका कर्मचारीसँग कार्यसम्पादन सम्झौता गरी तत्काल कार्यन्वयनमा ल्याउन निर्देशन दिएको शाखा अधिकृत भुसालले जानकारी दिए ।

श्रावण २६ गते, २०७६ - ०७ः३० प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg