२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यपहाडी लोकमार्ग खुलाउन तीन हप्ता लाग्ने

अ+ अ-

पर्वत । तुरतुरे ताल फुटेर गएको बाढीले बगाएको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङखण्डमा अवरुद्ध सडक सञ्चालनमा आउन करीब तीन हप्ता लाग्ने भएको छ । यस्तै पर्वत खण्डमा रोकिएको सडक विस्तारको काम छिट्टै सुचारु गरिने भएको छ ।

बागलुङको बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा रहेको तुरतुरे ताल फुट्दा सोमबार मध्यपहाडी लोकमार्गको दुई सय मिटर सडक बगाएको थियो । सडकमा नयाँ ट्र्याक खोल्न करीब तीन हप्ता लाग्ने अनुमान गरिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

बाढीले बगाएको क्षेत्रमा नयाँ ट्र्याक खेल्नुपर्ने भएकाले आगामी भदौ ५ गतेसम्म सडक सुचारु गर्न सकिने आयोजना कार्यालयका प्रमुख आशिष थापा मगरले बताए । पहिरो र बाढीले बगाएको सडक भन्दा १० मिटर माथिबाट नयाँ ट्र्याक खोल्ने काम शुरु गरिएको छ । उनले भने, “ट्र्याक खोल्ने ठाउँमा ठूलो ढुङ्गाको चट्टान भएकाले थप केही समय पनि लाग्न सक्छ, तत्कालका लागि अस्थायी ट्र्याक खोल्ने र पछि पुरानै ठाउँबाट सडक सञ्चालन गर्ने योजना छ ।”

सदरमुकाम बागलुङ बजारदेखि ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिकासम्मको सिधा सडक सम्पर्क टुटेको छ । पश्चिमको व्यापारिक केन्द्र बुर्तिवाङबाट छोटो तथा लामो दूरीमा चल्ने सवारी साधन ठप्प छन् । सदरमुकामसँगै पोखरा, बुटवल, काठमाडौँबाट पश्चिम जाने सवारी साधन बडीगाड गाउँपालिका–७ घोपर्नासम्म मात्रै पुग्ने गरेका छन् ।

यसैगरी लोकमार्गको पर्वत खण्डमा दुई महीनादेखि रोकिएको सडक स्तरोन्नतिको काम पनि भदौको पहिलो सातादेखि पूर्णरुपमा सुचारु हुने भएको छ । असारपछि रोकिएको विस्तारको काम सुचारु गर्ने तथा तत्काल खाल्डा पुर्ने र अत्यावश्यक ठाउँमा मर्मतलगायतका काम शुरु गरिएको प्रमुख थापा मगरले बताए ।

वर्षा शुरुभएपछि धेरै ठाउँमा पहिरो झरेको छ भने कटान गरिएका भिरमा जुनसुकैबेला पनि पहिरो खस्ने सम्भावना छ । सडकको पर्वतखण्डमा पर्ने कुस्मादेखि पातीचौरसम्म र डिमुवादेखि नयाँपुल खण्ड तथा कास्कीमा पर्ने नयाँपुलदेखि गिरीचोकसम्मको खण्ड पहिरोको उच्च जोखिममा छ । रासस