२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धुलो दूधको आयात प्रतिबन्ध हट्दैन : मन्त्री खनाल

अ+ अ-

काठमाडौं । सरकारले धुलो दूधको आयात प्रतिबन्ध नहटाउने स्पष्ट पारेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा आज निजी डेरी उद्योगीसँग भएको छलफलमा कृषिमन्त्री चक्रपाणि खनालले धुलो दूध आयात खुला गरिनु किसान र उपभोक्ताको हितमा नरहेको उल्लेख गर्दै आयातमा लगाइएको प्रतिबन्ध नहटाइने स्पष्ट पारे।

बाहिर प्रचार गरिए जस्तो दूधको अभाव नभएको उल्लेख गर्दै उनले केही समयलाई दूध अपुग भए आन्तरिक रुपमै व्यवस्थापन गर्न ध्यान केन्द्रित गरिने बताए । उनले भने, ‘गाउँमा दूध पर्याप्त छ । त्यसलाई शहरसम्म ल्याइपुर्‍याउने विधि खोजौँ । बरु सूचना जारी गरौँ । गाडी नपुगेका ठाउँमा गाडी लैजाऔँ ।’

छलफलमा निजी डेरी उद्योगीले पाउडर दूध आयातमा लगाइएको प्रतिबन्ध हटाइदिन आग्रह गरेका थिए । भदौ, असोज र कात्तिकमा नेपालीका ठूला चाडबाड पर्ने तथा दूध उत्पादन कम हुने भन्दै उनीहरुले एक पटकका लागि कम्तीमा तीन महिना आयातमा लगाइएको प्रतिबन्ध हटाउन अनुरोध गरेका थिए ।

निजी डेरीले भारतलगायत तेस्रो मुलुकबाट धुलो दूध आयात गर्दै आएका छन् । ‘एउटा मात्र संस्था तोकेर आयात गर्न दिऊँ, त्यो संस्था हामी नै किटान गरेर दिन्छौँ । कम्तीमा ५ हजार मेट्रिकटनका लागि भए पनि एक पटक मात्र अनुज्ञापत्र जारी गरिदिनुस्’, नेपाल डेरी एशोसियशनका अध्यक्ष राधाकृष्ण सापकोटाले भने ।

अन्य व्यवसायीले भने तीन महिनाका लागि खोल्दा दुई वर्षलाई पुग्ने गरी धुलो दूध मौज्दात राख्ने भएकाले कुनै पनि हालतमा आयात खुला गर्न नहुने बताएका थिए । केन्द्रीय दुग्ध सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद देवकोटाले भने, ‘दूध पर्याप्त उत्पादन भएको छ । यति हुँदाहुँदै पनि दूध नपुग्नुको कारण के हो त्यो खोजिनुपर्छ ।’

केन्द्रीय दुग्ध सहकारी संस्थाका महासचिव रामकृष्ण आचार्यले किसानको दूध किन्नुभन्दा पाउडर बेच्न सस्तो र सजिलो हुने भएकाले पाउडर आयात गर्न खोजिएको आरोप लगाए । ‘आयात खुला उपयुक्त विकल्प होइन । तीन महिनालाई खोल्दा दुई वर्षलाई पुग्ने पाउडर भित्रन्छ’, उनले भने ।

मन्त्रालयका सचिव प्रकाश माथेमाले केही समयका लागि देखिएको अभावको समाधान देशभित्रै खोजिनुपर्ने बताए । उनले भने, ‘सामान्य अभाव भएर वा अभाव सिर्जना गराएर पाउडर दूध आयात गर्नु समस्याको समाधान होइन ।’

सहसचिव डा विमलकुमार निर्मालले अहिले दूधको उत्पादन पर्याप्त भए पनि किसानबाट भन्दा भारतबाट पाउडर ल्याउँदा सहज हुने भएर व्यवसायीले आयात खोल्नुपर्छ भन्दै हिँडेको बताए ।

प्रतिक्रिया दिनुहोस