नेपालले टि–ट्वान्टी क्रिकेट खेल्ने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

नेपालले टि–ट्वान्टी क्रिकेट खेल्ने


२४ श्रावण २०७६, शुक्रबार


काठमाडौं । नेपालले ओमानमा पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । ओमान क्रिकेट संघले आगामी असोज १८ देखि २३ गतेसम्म सञ्चालन गर्ने उक्त प्रतियोगितामा नेपालसँगै आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र आयरल्याण्डले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले असोज १९ गते हङकङसँग पहिलो खेल खेल्नेछ । यस्तै असोज २० गते नेदरल्याण्डसँग, असोज २२ गते आयरल्याण्डसँग तथा असोज २३ गते आयोजक ओमानसँग खेल्नेछ । उक्त प्रतियोगितालाई विश्वकप छनोटको अभ्यास खेलका रुपमा हेरिएको छ । ओमान क्रिकेट सङ्घले पहिले नै आयोजना गर्ने भनेर तय गरेपनि नेपालले विश्वकप छनोटको यात्रा तय गर्न नसकेपछि खेल्ने की नखेल्ने भन्ने अन्योलता थियो ।

आइसीसीले उक्त प्रतियोगिता खेल्न अनुमती दिएपछि नेपालले खेल्ने पक्का भएको हो । नेपाल क्रिकेट संघ (क्यान)  आइसीसीको निलम्बनमा परेको छ । नेपालले अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउने सबै प्रतियोगिता आइसीसीको रेखदेखमा हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस