२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगरपालिकाले दियो विद्यालयलाई ल्यापटप

अ+ अ-

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिकाले सामुदायिक विद्यालयहरुलाई ल्यापटप सहयोग गरेको छ । नगरक्षेत्रभित्र रहेका १३ वटा माविलाई ल्यापटप वितरण गरेको हो ।

माविका पठनपाठनलाई अहिलेको प्रविधिसँग जोड्दै कागजविहीन शिक्षा पद्धतिको विकास गर्ने उद्देश्यले विद्यालयलाई ल्यापटप हस्तान्तरण गरिएको नगर प्रमुख मोहनकुमार श्रेष्ठले बताए । नगरपालिकाभित्र रहेका १२ वटा माविलाई १२ थान र रुम्जाटार माविलाई चार थान गरी १६ थान ल्यापटप वितरण गरिएको छ ।

नगरपालकाभित्र रहेका १५ वटा माविमध्ये १३ वटा माविलाई मात्र ल्यापटप वितरण गरिएको हो । कडेनी मावि कडेनी र पुण्यमाता मावि बेतिनीलाई नगरपालिकाबाट शिक्षण सिकाइमा प्रविधिको प्रयोग गर्न भनी आवश्यक कम्प्युटर, इन्टरनेट जडानका लागि रु छ लाख ५० हजारका दरले अनुदान दिइसकेकाले यसपटक ल्यापटप नदिएको नगरपालिका शिक्षा शाखा प्रमुख नरेन्द्रराज राईले बताए ।

ल्यापटपले अहिलेको आधुनिक शिक्षा प्रणालीमा विद्यार्थीहरुको पठनपाठनलाई सहयोग गर्ने सगरमाथा जनता माध्यमिक विद्यालय ओखलढुङ्गाका प्रधानाध्यापक माधवप्रसाद मास्केले बताए । अहिले धेरै शिक्षकलाई कम्प्युटरसम्बन्धी ज्ञान भए पनि आफूलाई यससम्बन्धी ज्ञान नभएको प्रधानाध्यापक मास्केको भनाइ छ ।

कागजरहित शिक्षाको अवधारणासहित नगरपालिकाभित्र रहेका हिमालय मावि निशङ्खे, जनचेतना मावि भोर्ले, नारायणस्थान मावि, जाल्पा मावि गैरीगाउँ, चम्पादेवी मावि सल्लेरी, कुन्ता मावि ज्यामिरे, सगरमाथा जनता मावि, राज्यलक्ष्मी मावि सानिटार, जन्तरखानी मावि नवज्योति मावि मैदाने, कालिका मावि रुप्से र विगुटार माविलाई एक–एक थान ल्यापटप वितरण गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस