२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितोपत्र बजार : नेप्से परिसूचक ओरालो

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा आज नेप्से परिसूचक झण्डै १० अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक ९.९२ अङ्कले घटेर एक हजार २३८.५६ पुगेको हो । त्यस्तै सेन्सेटिभ परिसूचक १.९६ अङ्कले घटेर १६८.०० पुगेको छ । परिसूचक ओरालो लागेसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । स्टकका अनुसार आज कूल १६६ कम्पनीका १८ लाख ७७ हजार ५४२ कित्ता शेयर रु ४५ करोड ४६ लाख २९ हजार ५७५ मा खरिदबिक्री भए ।

कारोबार भएका १२ उपसमूहमध्ये सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ५.५४, व्यापार २.०३, होटल २०.८३, विकास बैंक ८.१५, जलविद्युत् ३१.३५, वित्त ४.९७, निर्जीवन बीमा ७५.४३, उत्पादन ११.८५, अन्य ५.३४, लघुवित्त २०.३२, जीवनबीमा २६.५५ र सामूहिक लगानी कोषका शेयर ०.०२ अङ्कले घटेको छ ।

स्टकका अनुसार कारोबार रकमका आधारमा रसुवागढी हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु नौ करोड ७९ लाख ९९ हजार १८१ मा खरिदबिक्री भयो । यसैगरी सान्जेन जलविद्युत् कम्पनी रु पाँच करोड १३ लाख सात हजार ५३७, नेपाल बैंक लिमिटेड रु दुई करोड ३३ लाख १३ हजार २६०, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रु एक करोड ९२ लाख ४४ हजार ६४७ र सिभिल बैंकको संस्थापक शेयर रु एक करोड ७७ लाख ६० हजार ७०० मा खरिदबिक्री भए ।

घटेको बजारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५.७१, विजय लघुवित्त वित्तीय संस्था ४.०८, सानिमा इक्विटी फण्ड २.२९, एक्सेल डेभलपमेन्ट बैंक १.७५ र हिमालय ऊर्जा विकास कम्पनीका शेयरधनीले १.५३ प्रतिशतले कमाए । यस्तै रसुवागढी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.७०, साञ्जेन जलविद्युत् कम्पनी ४.६८, स्वरोजगार लघुवित्त विकास बैंक ४.१८, मितेरी डेभलपमेन्ट बैंक ४.०८ र सुमिट लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.८६ प्रतिशतले गुमाए ।