२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार हजारलाई नागरिकता

अ+ अ-

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका दुर्गम तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने चार हजार ३७३ व्यक्तिलाई उनीहरुको पायक पर्ने ठाउँमा पुगेर नागरिकता प्रदान गरेको छ । कार्यालयको घरदैलो सेवाअन्तर्गत एक वर्षभित्रमा सञ्चालित घुम्ती शिविरमार्फत सो परिमाणमा नागरिकता प्रदान गरिएको हो ।

स्थानीय तह तथा स्थानीय प्रशासनको सहकार्यमा नागरिकता शिविरमार्फत महिला, किशोरकिशोरी, वृद्धवृद्धा अशक्त, आर्थिकरूपमा विपन्न तथा पछाडि पारिएका समुदायलाई नागरिकता प्रदान गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार सेवा लिनेमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी छ । शिविरमा दुई हजार ७२१ महिला र एक हजार ६५२ पुरुषले नागरिकता लिएका हुन् । आर्थिक वर्ष २०७५÷७६ मा विभिन्न ग्रामीण तथा दुर्गम क्षेत्रमा १२ पटक शिविर गरी नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले गत आर्थिक वर्षमा १६ हजार ६५९ नयाँ नागरिकता वितरण गरेको तथ्याङ्क छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार कार्यालयले एक वर्षको अवधिमा वंशजका आधारमा १६ हजार ६१३ लाई नयाँ नागरिकता वितरण गरेको हो । वंशजका आधारमा नागरिकता प्राप्त गर्नेमा पुरुष सात हजार १९ र महिला नौ हजार ५९४ छन् । यसैगरी वैवाहिक अङ्गीकृत नागरिकता १६ ले प्राप्त गरेका छन् भने ३० जनाले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका छन् ।

मकवानपुरमा गत वर्ष सात हजार ६८६ प्रतिलिपि नागरिकता वितरण गरिएको प्रजिअ तामाङले जानकारी दिए । सेवाप्रवाहलाई जनताको घरदैलोसम्म पुर्‍याउने उद्देश्यले कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा विभिन्न मितिमा नागरिकता वितरण घुम्ती शिविर सञ्चालन गरिएको उनले जनाए ।

जिल्लामा शान्ति सुरक्षाको विश्वसनीय र भरपर्दो सुरक्षा व्यवस्था मिलाई नागरिकको शान्ति, सुरक्षा र अमनचैनको व्यवस्था पूर्णरूपमा मिलाइएको, जिल्लाको सुरक्षामा एकीकृत रणनीतिक सुरक्षा योजना तयार गरिएको र त्यसअनुसार काम गरिएको प्रजिअ तामाङले बताए । जिल्ला सुरक्षा समितिको बैठकलाई गतिशील, नतिजामुखी र प्रभावकारी बनाउँदै जिल्ला सुरक्षा समितिको बैठक ३३ पटक स्पष्ट एजेण्डासहित सञ्चालन गरिएको उनले जानकारी दिए ।

मकवानपुर क्षेत्रमा पर्ने राजमार्गलाई निर्वाधरूपमा सञ्चालन हुने व्यवस्था मिलाउँदै जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको नियमितरूपमा निरीक्षण गरिएको उनको भनाइ छ । गुण्डागर्दी, सङ्गठित अपराध, जबर्जस्ती असुली, महिला हिंसालगायतका अपराधलाई नियन्त्रणमा महत्वपूर्ण काम भएको प्रजिअ तामाङको जिकिर छ । रासस