२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इवाखोला आयोजना राष्ट्रिय प्रसारणमा जोडिदै

अ+ अ-

फिदिम । ९.९ मेगावाट क्षमताको इवाखोला जलविद्युत् आयोजना आगामी हप्ता राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।

आयोजनाको प्रवरद्धक रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडका निर्देशक कुवेरमणि नेपालका अनुसार आयोजनाको आन्तरिक रूपमा विद्युत् उत्पादनको परीक्षण कार्य सम्पन्न भएको छ । आन्तरिक परीक्षण सम्पन्न भएसँगै आयोजनाले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् बिक्रीका लागि निवेदन लिएको छ । “हामीले आयोजनालाई ग्रिडमा जोड्नका लागि निवेदन दिइसकेका छौँ”, नेपालले भने “यसका लागि प्राधिकरणले तयारी अघि बढाएको जानकारी पाएका छौँ ।” आगामी हप्ता ९.९ मेगावाटको आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिने नेपालको विश्वास छ ।

विसं २०७३ मङ्सिरमा निर्माण शुरु भएको यो आयोजना २०७५ मङ्सिरमै पूरा हुनुपर्ने प्राधिकरणसँगको सम्झौता थियो । तर आयोजना जोडिने नेपाल विद्युत् प्राधिकरणको काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजना समयमा निर्माण सम्पन्न नहुँदा आफूहरूले निरन्तर काम गर्न नसकेको प्रबन्धक नेपालको भनाइ छ ।

“हामीलाई निर्धारित समयमा काम पूरा गर्न कुनै समस्या थिएन । तर विद्युत् जडान गर्ने ग्रिड निर्माण नहुँदा काममा ढिलाइ गर्नुप¥यो”, नेपालले भने । काबेली करिडोरको तेस्रो खण्डसमेत निर्माण पूरा भई परीक्षण भइरहेकाले परीक्षण सकिनेबित्तिकै आयोजना करिडोरमा जोडिने प्रबन्धक नेपालले बताए । यो आयोजना काबेली करिडोरको पाँचथरको हिलिहाङ गाउँपालिका–१ अमरपुरको दुवीचौरमा रहेको सवस्टेशनमा जोडिनेछ ।

आयोजनाले वर्षायामको ६ महीना १० मेगावाटसम्म तथा हिउँदका केही महीना ३।५ मेगावाटसम्म विद्युत् उत्पादन गर्ने प्रबन्धक नेपालले जानकारी दिए ।

इवाखोला आयोजना ताप्लेजुङ तथा पाँचथरको जिल्लाको सिमाना भएर बहने इवाखोलाको बायाँ किनारामा निर्माण सम्पन्न भएको हो । यो आयोजना पाँचथरको साविक थर्पु गाविस तथा ताप्लेजुङको साविक साब्लाखु गाविसमा अवस्थित छ । रासस

प्रतिक्रिया दिनुहोस