३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितोपत्र बजार : नेप्से परिसूचक ओरालो

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज करिब १० अङ्कले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ९.३६ अङ्कले घटेर एक हजार २४५.७३ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.९१ अङ्कले घटेर २६९.१० मा पुगेको छ । स्टकका अनुसार कुल १६९ कम्पनीका १४ लाख ४९ हजार ६९७ कित्ता शेयर रु ५४ करोड सात लाख ५५ हजार १८२ मूल्यमा खरिदबिक्री भए ।

कारोबार भएका १२ वटै उपसमूहको शेयर आज ओरालो लागेको छ । बैंकिङ ९.३६, व्यापार १.६९, होटल २५.८८, विकास बैंक ५.२१, जलविद्युत् ६.८३, वित्त ४.७४, निर्जीवन बीमा ४०.९७, उत्पादन ३०.६४, अन्य १.६, लघुवित्त २१.०९, जीवन बीमा ६.११ र सामूहिक लगानी कोष ०.०९ अङ्कले ओरालो लागेको छ ।

कारोबार रकमका आधारमा आज कृषि विकास बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको रु आठ करोड ५४ लाख ४१ हजार ३६८ बराबरको शेयर कारोबार भयो । यस्तै नेपाल बैंक लिमिटेड रु चार करोड १६ लाख १० हजार ६०१, एनआइसी एसिया रु एक करोड ९६ लाख नौ हजार ८०९, प्रभू बैंक रु एक करोड ३१ लाख ५२ हजार ६७१, लुम्बिनी विकास बैंक रु एक करोड १८ लाख तीन हजार ३९९ र सिद्धार्थ बैंक लिमिटेडको रु एक करोड पाँच लाख ४० हजार १५३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज जोशी हाइड्रोपावर २.७४, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी २.६०, लक्ष्मी लघुवित्त वित्तीय संस्था २.६०, कालीका पावर कम्पनी २.३३ र सानिमा इक्विटी फण्डका लगानीकर्ताले १.९९ प्रतिशतले कमाए ।

यस्तै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले गुमाउँदा स्पर्श लघुवित्त वित्तीय संस्था ९.९३, स्वाभिमान लघुवित्त वित्तीय संस्था ९.२१, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ८.१३, गुराँस लघुवित्त वित्तीय संस्था ७.४२ र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.४० प्रतिशतले गुमाए ।

यस्तै स्टकमा आजदेखि रसुवागढी जलविद्युत् कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीका शेयर कारोबार शुरु भएको छ । स्टकले रसुवागढीलाई शुरुवाती कारोबारका लागि प्रतिकित्ता न्यूनतम् ९७ रुपैयाँ २९ पैसा र अधिकतम् २९१ रुपैयाँ ८७ पैसा तोकेको थियो । यस्तै साञ्जेन जलविद्युत् कम्पनीको शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम् ९६ रुपैयाँ ३२ पैसा र अधिकतम् २८८ रुपैयाँ ९६ पैसा तोकेको थियो । ती दुवै आयोजना जनताको जलविद्युत् कार्यक्रममा समावेश छन् ।

प्रतिक्रिया दिनुहोस