बम विष्फोटको अभियोगमा एक पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बम विष्फोटको अभियोगमा एक पक्राउ


२१ श्रावण २०७६, मंगलबार


pakrau

बेत्रावती । नुवाकोटको ककनी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा बम विष्फोट गराएको अभियोगमा प्रहरीले बेलकोटगढी नगरपालिका–५ का बच्चुराम लामिछानेलाई पक्राउ गरेको छ ।

प्रतिबन्धित नेकपा विप्लव समूहमा आबद्ध रहेर उनीसहितका व्यक्तिले यही साउन १४ गते राति वडा कार्यालयमा बम विष्फोट गराएको अभियोगमा लामिछानेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिए । उनका अनुसार लामिछानेलाई शनिबार काठमाडौंको कीर्तिपुरस्थित उनले सञ्चालन गर्दै आएको स्टेशनरी पसलबाट नियन्त्रणमा लिएर अनुसन्धानका लागि नुवाकोट ल्याइएको हो । सोमबार जिल्ला अदालतमा उपस्थित गराइएका लामिछानेलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिइएको छ ।

उनी हाल कीर्तिपुरमा व्यवसाय गर्दै आएकाले प्रतिबन्धित नेकपा विप्लव समूहमा आबद्ध नभएकाले रिहा गर्न परिवारले आग्रह गरेका छन् । नेकपा विप्लव समूहको खुला राजनीतिक गतिविधिको समयमा समर्थक भए पनि उक्त पार्टीको क्रियाकलापलाई सरकारले प्रतिबन्ध लगाएसँगै उनी व्यवसायतर्फ लागेकाले रिहा गरिदिन पक्राउ परेका लामिछानेकी श्रीमती रश्मी ढुङ्गानाले माग गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस