अनलाइन सपिङमा ग्लोबल आइएमईको भिजा कार्ड प्रयोग गरे सेवा शुल्क नलाग्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अनलाइन सपिङमा ग्लोबल आइएमईको भिजा कार्ड प्रयोग गरे सेवा शुल्क नलाग्ने


२० श्रावण २०७६, सोमबार


काठमाडौँ । ग्लोबल आइएमई बैङ्कले आफ्नो कार्डबाट अनलाइन सपिङ्ग गर्दा लाग्ने सेवा शुल्क मिनाहा गर्ने भएको छ ।

ग्लोबल आइएमई बैङ्कको भिजा कार्ड प्रयोग गरी अनलाइन सपिङ्ग गर्दा अबदेखि कुनै पनि शुल्क नलाग्ने बैङ्कले जनाएको छ ।

बैङ्कको भिजा कार्ड प्रयोग गरी दराज, किराना र ई सेवा पसल लगायत अन्य अनलाइन सपिङ साइटहरूबाट सामान खरिद गर्दा कुनै पनि शुल्क लाग्ने छैन ।

यसै गरी बैङ्कको अन्तर्राष्ट्रिय भिजा क्रेडिट कार्ड प्रयोग गरी होटेल बुकिङ तथा सपिङ गर्दा लाग्ने शुल्कमा समेत पूर्ण छुट दिएको बैैंकले जनाएको छ । साथै बैङ्कले एक महिनाभित्र भिजा डेबिट कार्डबाट समेत अनलाइन भुक्तानीको व्यवस्था गर्न तयारीमा जुटेको जनाएको छ ।

बैङ्कले अत्याधुनिक प्रविधियुक्त भाइवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ । बैङ्कले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिटेन्स सेवासमेत प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस