१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भ्रमण वर्ष’ लक्षित तेमाल हाइकिङ

अ+ अ-

काभ्रेपलाञ्चोक । तेमालमा ‘भ्रमण वर्ष–२०२०’ लक्षित हाइकिङ कार्यक्रम शुरु गरिएको छ । सङ्घीय सांसद नवीना लामाको नेतृत्वमा ऐतिहासिक क्षेत्र तेमालमा भ्रमण वर्ष लक्षित पर्यटन प्रवर्द्धन कार्यक्रम हाइकिङ अभियानको शुरुआत गरिएको हो ।

तामाङ समुदायको ऐतिहासिकस्थल काभ्रेपलाञ्चोकको तेमालमा ‘तेमाल विकासका लागि युवा अभियान’ नाराका साथ सांसद लामाले हाइकिङ अभियानको शुरु गरेका हुन् । ‘तेमाल क्षेत्रको पर्यटन विकासमा युवालाई सहभागी गराउने उद्देश्यले हाइकिङ अभियान शुरु गरिएको हो’, उनले भने । उनका अनुसार यसलाई सरकारले अघि सारेको ‘भ्रमण वर्ष–२०२०’ को पूर्व तयारीका रुपमा समेत लिइएको छ ।

तेमाल गाउँपालिका–७ चापाखोरीबाट शुरु गरिएको हाइकिङ पोखारीनारायणस्थान, याङ्बेलस्थित तोङ्सोम कुण्डमा टुङ्गिएको थियो । हाइकिङ विभिन्न रमणीय डाँडा पार गर्दै चार घण्टाको पैदलपछि सकिन्छ । हाइकिङ शुरुआती अभियानमा ४० जना युवा सहभागी थिए ।

सांसद लामाले विदेशी पाहुनासमेतको सहभागितामा आगामी दिनमा हाइकिङ आयोजना गर्दैजाने बताए । उनले भने, ‘यो शुरुआत मात्रै हो, यो अभियान भिजिट नेपाल ट्वान्टीट्वान्टी लक्षित हो, यहाँका युवाले पटकपटक सञ्चालन गर्छन् ।’ उनका अनुसार पर्यटनको विकासमा युवालाई अग्रसर बनाउन हाइकिङ अभियान सञ्चालन गरिएको हो ।

हाइकिङका क्रममा स्थानीय डाँडा, गुम्बा, छ्योर्तेन र पर्यटन सम्भावनाका महत्वका विषयमा पर्यटन व्यवसायी कर्ण लामा र ह्रेन्जेन दोर्जे प्रतिष्ठानका अध्यक्ष लिलाबहादुर लामाले युवालाई जानकारी गराएका थिए । तेमाल गाउँपालिका– २ का वडाध्यक्ष तिमालसिंह तामाङले हाइकिङ अभियानलाई स्थापित गराउन आफूहरु लागेको बताए ।

हाइकिङ अभियानलाई स्थानीय नेकपाका नेताकार्यकर्ता, पर्यटन व्यवसायी तथा स्थानीय सामाजिक अभियन्ताले साथ दिएका छन् । हाइकिङ टोलीले तेमाल गाउँपालिका–७ चापाखोरी डाँडामा निर्माण हुन लागेको टुरिजम मेमोरी पार्क, ह्रोसाइबाचे, पोखरी नारायणस्थान मन्दिरलगायत विभिन्न धार्मिकस्थलको अवलोकनसमेत गरेको थियो ।

तेमालको समग्र विकास निर्माणका लागि २०६८ सालमा तयार गरिएको तेमाल ड्रिम परियोजनालाई हाइकिङ अभियानले साथ दिएको परियोजनाका अध्यक्ष हिरामान लामाले बताए । उनका अनुसार तेमाल क्षेत्रमा पर्यटन विकास परियोजनामा सात वटा पार्क, तेमाल भ्यूटावर, तेमाल प्रवेश गर्ने १२ वटा गेट, तामाङ सङ्ग्रहालय, डम्फुपार्क, अन्तर्राष्ट्रिय तामाङ पार्क र संसारकै अग्लो बुद्ध मूर्ति विभिन्न मठमन्दिरको निर्माण, संरक्षण र प्रवर्द्धन गर्ने योजना बनाइएको छ ।

आउँदो ‘भ्रमण वर्ष–२०२०’ का लागि काभ्रेपलाञ्चोकस्थित नेपाली सेनाको विष्णु दल गणले पनि नेपाल एकीकरणका दौरान जिल्लामा अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोको प्रवर्द्धन गरी ‘ट्रेकिङ ट्रेल’का रुपमा विकसित गर्ने योजना बनाएको छ ।

गणले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले विसं १८२० मा काभ्रेपलाञ्चोक जिल्ला एकीकरण अभियानमा प्रयोग गरिएका विभिन्न पदमार्गलाई भ्रमण वर्षका ‘यूनिफिकेशन ट्रेकिङ ट्रेल’ निर्माण गर्न लागेको हो । ट्रेकिङ ट्रेल निर्माणपछि ऐतिहासिक एवं कला झल्काउने स्थानलाई विश्वमा चिनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।रासस

प्रतिक्रिया दिनुहोस