२९ सामुदायिक विद्यालय समायोजन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२९ सामुदायिक विद्यालय समायोजन


१९ श्रावण २०७६, आइतबार


School

चितवन । जिल्लाका २९ सामुदायिक विद्यालय छिमेकी विद्यालयमा गाभिएका छन् । जिल्ला शिक्षा समन्वय एकाइका अनुसार जिल्लाका सात स्थानीय तहले विद्यालय समायोजन गरेका हुन् ।

एकाइ प्रमुख भूमिलाल सुवेदीका अनुसार माडी नगरपालिकामा १२, इच्छाकामना गाउँपालिकामा सात, राप्ती नगरपालिकामा पाँच, कालिका नगरपालिकामा दुई तथा भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिएकामा एक/एक विद्यालय गाभिएका हुन् ।

शैक्षिक नियमावली अनुसार कक्षा १ देखि ३ सम्ममा ५० विद्यार्थी आवश्यक हुन्छ । त्यसभन्दा माथिका कक्षामा प्रतिशिक्षक ४० विद्यार्थी नभएका विद्यालयको घटुवा गर्ने तथा समायोजन गर्ने गरिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस