२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशको पहिचानका लागि राष्ट्रिय पोशाक महत्वपूर्ण : नेता नेपाल

अ+ अ-

ललितपुर । नेपाल कम्युनिष्ट पाटी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले देशको पहिचान अघि बढाउन राष्ट्रिय पोशाकको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

‘हाम्रो शान, हाम्रो पहिचान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान’ भन्ने मूलनाराका साथ ललितपुरमा राष्ट्रिय पोशाक संरक्षण महाअभियानले आज आयोजना गरेको ‘औपचारिक राष्ट्रिय पोशाक घोषणामा आमनागरिकको भूमिका विषयक विचार गोष्ठी’मा उनले नेपालमा राष्ट्रिय पोशाक अनिवार्य गराउन पहल गर्ने बताए ।

‘हरेक नेपालीले राष्ट्रिय पोशाक लगाउँदा नेपालको शान र मानअघि बढाउन सहयोग गर्दछ’, उनले भने, ‘नेपाली टोपीले विदेशी मुलुकमा नेपालीको परिचय अघि बढाएको उदारण मैले स्वयम् पाएको छु ।’ आफू प्रधानमन्त्री भएर विदेशी मुलुकका कार्यक्रममा जाँदा शिरको टोपी देखेर अमेरिकाका पूर्व प्रधानमन्त्री बाराक ओवामाले आफू सामुन्ने आइ अन्य मुलुकका मानिसको विचमा मिस्टर नेपाल भनी हात मिलाउन आउँदा देशको सान बढेकोे नेता नेपालले बताए ।

उनले नेपालका पुरुषका तुलनामा महिलाले राष्ट्रिय पोशाकको सम्मान गर्दै अघि बढेका उल्लेख गरे। नयाँ पुस्ताले आफ्ना पूर्खाबाट हरेक सकारात्मक कुरा सिकी नेपालको पहिचान अघि बढाउन उनले आग्रह गरे । हरेक वर्ष राष्ट्रिय दिवसका दिन प्रत्येक कार्यालय र निकायमा कार्यरत कर्मचारीलाई अनिवार्य राष्ट्रिय पोशाक लगाउन नेता नेपालले आह्वान गरे ।

महाअभियानका अध्यक्ष विवश घिमिरेले नेपाली दौरा सुरुवाल, टोपी र गुन्यू चोलीलाई राष्ट्रिय पोशाकका रुपमा अनिवार्य गर्न माग गरे । उनले भने, ‘नेपालका विभिन्न जात जातिको पहिचान अघि बढाउन राष्ट्रिय पोशाक सङ्ग्रहालय स्थापना गर्न आवश्यक छ ।’

सांसद नवराज सिलवालले राष्ट्रिय पहिचान भएका मुलुक विकासको गतिमा अघि बढिरहेका बताए । प्रदेशसभा सदस्य लालकुमारी पुनले नेपालको सभ्यता झल्काउन राष्ट्रिय पोशाकले सदैव हरेक नेपालीलाई सहयोग गर्ने बताए ।

नेपाली काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले नेपालका सबै जातजाति भाषाभाषी एकै स्थानमा समेट्न राष्ट्रिय पोशाक सङ्ग्रहालयले सहयोग गर्नेमा जोड दिए । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले विभिन्न क्षेत्रमा सरकारले नीति बनाए जसरी नेपालमा राष्ट्रिय पोशाक नीति बनाउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस