२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७० हजार भूकम्पपीडित नयाँ आवासमा

अ+ अ-

चौतारा । भूकम्पबाट सर्वाधिक क्षति पुगेको सिन्धुपाल्चोकमा पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ । हालसम्म ७० हजार १८८ परिवार नयाँ आवासगृहमा बस्न थालेका छन् ।

कूल लाभग्राही सूचीमा परेकामध्ये ७९.१ प्रतिशतको तेस्रो किस्ता भुक्तानी लिई नयाँ आवासगृहमा बस्न थालेका हुन् । लाभग्राही सूचीमा रहेका ८८ हजार २७३ मध्ये दुई २२७ परिवार लाभग्राही सूचीबाट हटाइएको छ ।

पुनर्निर्माण प्राधिकरणले लाभग्राही सूचीमा रहेकाले गत असार २१ गतेसम्म सम्झौता गरी मसान्तभित्र पहिलो किस्ता लिई सक्नुपर्ने गरी तोकेको समयसीमाभित्र नआएपछि लाभग्राही सूचीबाट हटाइएको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका निमित्त प्रमुख लक्ष्मणकुमार सेठले बताए ।

भूकम्पबाट अति जोखिममा परेका सेलाङ, बरुवा, सिन्धुकोट, तालामाराङ, मेलम्चीलगायतका पीडितहरुका लागि अझैसम्म सुरक्षित जग्गा फेला नपरेकाले बसोबासको टुङ्गो लाग्न सकेको छैन । त्यस्ता परिवार ९१२ रहेका छन् । त्यसमध्ये हालसम्म प्राधिकरणबाट उपलब्ध भएको थप रु दुई लाखबाट जग्गा खरिद गरी २८८ परिवारको आवास निर्माणको काम पूरा भएको र बाँकी ६२४ परिवारको अझै व्यवस्था हुन सकेको छैन ।

भोटेकोशी गाउँपालिकाको लिस्तीका पीडितहरुले जोखिमकै ठाउँमा आवास निर्माण गरी अनुदानसमेत लिइसकेका छन् । जिल्लाका १३ जनाले भने अन्यत्र बसोबास रहेको भन्दै पहिलो किस्ता बापतको रु ५० हजार फिर्ता गरिसकेका छन् । कूल लाभग्राहीमध्ये ८६ हजार ४७ परिवारले सम्झौता गरी पहिलो किस्ता बुझेका छन् ।

छुट गुनासोमा पर्न बाँकी पीडितका लागि पहिलो पटक दर्ता गर्न पुनः समय तोकेपछि १८ हजार ६८९ जनाको निवेदन दर्ता भएको छ । त्यसको टुङ्गो केन्द्रले लगाउने भएकाले निक्र्यौल हुन बाँकी नै छ । शुरुको अवस्थामा जिल्लामा ७८ हजार ४८४ लाभग्राही सूचीमा सूचीकृत रहेका थिए । त्यसमा वृद्धि हुँदै गएपछि ८८ हजार २७३ पुगेको हो ।

गुनासोमा दर्ता भएका समेतको गणना गर्दा लाभग्राहीको सूचीमा एक लाख चार हजार ७३५ परिवार पुग्ने देखिन्छ । ०७२ सालको भूकम्पबाट यहाँका निजी घर, सरकारी कार्यालय, स्वास्थ्य केन्द्र तथा विद्यालयसमेत गरी ९५ प्रतिशत भवन भत्केको स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ ।