काबुलमा बम आक्रमण दुई प्रहरी अधिकारीको मृत्यु् « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काबुलमा बम आक्रमण दुई प्रहरी अधिकारीको मृत्यु्


१६ श्रावण २०७६, बिहिबार


काबुल । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको एक बम आक्रमणमा परी दुई प्रहरी अधिकारी मारिएका छन् भने, अन्य तीन जना घाइते भएका गृह मन्त्रालयको स्रोतले जनाएको छ ।

अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ताले दिएको जानकारीअनुसार काबुलको एक प्रहरी चौकीलाई लक्ष्य गरेर सो बम राखिएको थियो ।
राजधानी काबुलको पञ्जसाद भन्ने स्थानमा रहेको एक प्रहरी चौकीलाई लक्ष्य गरेर राखिएको बम विस्फोट भएर त्यस चौकीमा कार्यरत दुई जना प्रहरी अधिकारी मारिएका छन ।

स्थानीय समयानुसार बिहीबार विहान ४ः३० बजे प्रहरी चौकीको बाहिरी इलाकामा राखिएको विस्फोट पदार्थ विस्फोटनमा परी सो हताहत भएको गृह मन्त्रलायका प्रवक्ता नसरात रहिमीले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

उक्त विस्फोटमा मारिएका र घाइते व्यक्तिलाई प्रहरीको अस्पतालमा लगिएको र यस घटनाको अनुसन्धान जारी रहेको बताइएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् ।  तर पनि यस विस्फोटमा तालिबान लडाकू समूहकै हात हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

करिब ५० लाख जनसङ्ख्या भएको यस राजधानी शहर गएको केही वर्षयता बारम्बार आतङ्ककारी आक्रमण हुदै आएको छ ।
गत आइतबार काबुलमा रहेको एक राजनितिक नेताको कार्यलयलाई लक्ष्यगरी गरिएको एक आतङ्ककारी आक्रमणमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५० जना घाइते भएका थिए ।

अफगानिस्तानमा तालिबान सशस्त्र लडाकू समूहका कारण हिंसा जारी छ । यसमा परी हजारौँ नागरिकको ज्यान गएको छ । रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस