आगजनीको आरोपमा एक पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आगजनीको आरोपमा एक पक्राउ


१५ श्रावण २०७६, बुधबार


pakrau

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ३ को वडा कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा गैँडाटारका रेवप्रसाद मैनाली रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक कवित कटुवालले जानकारी दिए ।

आगजनीबाट करीब रु छ लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ । आगजनीबाट कार्यालयमा रहेको कम्प्युटर, ल्यापटप, प्रिन्टरलगायत सामानका साथै कागजातसमेत नष्ट भएको वडा अध्यक्ष बोधराज देवकोटाले जानकारी दिए । गएराति करिब १ बजे वडा कार्यालयमा आगजनी भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस