कक्षा १२ को नतिजा सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कक्षा १२ को नतिजा सार्वजनिक


१३ श्रावण २०७६, सोमबार


काठमाडौँ । कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले गत बैसाखमा सञ्चालन गरेको परीक्षाको नतिजा आज सार्वजनिक भएको हो।

बोर्डले नियमित, ग्रेड वृद्धि र आंशिक तर्फको सबै विषय तर्फको परीक्षाफल निकालेको हो। नियमिततर्फ २ लाख ९२ हजार १५३, ग्रेडवृद्धि तर्फ ७८ हजार ७४४ र आंशिकतर्फ ५७ हजार १७० परीक्षार्थी सहभागी थिए।

नतिजाअनुसार नियमिततर्फ ३.६१ देखि ४.०० जीपीएसम्म ल्याउनेको संख्या ३ हजार ६७ जना रहेका छन् । त्यस्तै ३.२१ देखि ३.६० सम्म जीपीए ल्याउनेको संख्या १६ हजार २ सय ४ रहेको छ ।

२.४१ देखि २.८० सम्म ल्याउनेको संख्या ५६ हजार ५ सय ३, २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या सबैभन्दा धेरै ८६ हजार २ सय २७ र १.६१ देखि २.०० जीपीएसम्म ल्याउनेको संख्या ६२ हजार ६ सय १९ रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डले २०७५ सालदेखि ग्रेडिङ पद्धतिमा नतिजा दिन थालेको हो । १.२१ देखि १.६० ग्रेड ल्याउनेको संख्या १९ हजार, ०. ८१ देखि १.२० ल्याउनेको संख्या ३ हजार ५ सय २४ र ०.०० देखि ०.८० ग्रेड ल्याउनेको संख्या १३ हजार ३ सय ६२ रहेको छ । बोर्डले नतिजा विभिन्न ९ वटा ग्रेडअनुसार सार्वजनिक गरेको छ ।

आंशिक परीक्षार्थीमध्ये ४१.८३ प्रतिशत अर्थात २३ हजार ९ सय १५ जना उतीर्ण भएको बोर्डले जनाएको छ ।

नतिजा राष्ट्रिय परीक्षा बोर्ड https://bit.ly/2YrDsOR र नेपाल टेलिकमकाे वेबसाइट https://bit.ly/2Opvn9A लगायका साइटबाट हेर्न सकिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस