२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हत्या गरी फरार अभियुक्त १२ वर्षपछि पक्राउ

अ+ अ-

काठमाडौं ।नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले हत्या गरी फरार अभियुक्तलाई १२ वर्षपछि पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले २०६४ साल पुस २७ मा ललितपुर इमाडोल गाविस हाल ललितपुर महानगरपालिका–१५ इमाडोलमा मकवानपुरका २२ वर्षीय तारा भन्ने सुनिता लामाको हत्या गर्ने काभ्रेपलाञ्चोकका ३७ वर्षीय राजेश लामालाई साउन १० गते पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोले आज पत्रकार सम्मेलन गरी इमाडोल गाविस– ५ सुवेदीगाउँस्थित डम्बरबहादुर गुरुङको घरमा डेरा गरी बस्ने लामाको हत्यामा संलग्न राजेशलाई सानेपाबाट पक्राउ गरिएको जानकारी दिएको हो ।

सम्मेलनमा ब्यूरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक निरजकुमार शाहीले राजेश र ताराको बिहे गर्नका लागि सिन्दूर पोते गर्ने सल्लाह भए पनि ताराको अर्को केटासँग प्रेम सम्बन्ध भएपछि हत्या गरेको अनुसन्धानमा खुलेको जानकारी दिए।

‘घटना घट्नुभन्दा ६/७ महिना पहिलादेखि राजेशको तारासँग प्रेम सम्बन्ध भएको र ताराको कोठामा आउनेजाने गरेको तर बिहे गर्ने बेलामा ताराको अर्को केटासँग सम्बन्ध भएको थाहा भएपछि हत्या गरिएको अनुसन्धानमा खुलेको छ’, उनले भने ।

विवाह रद्द भएपछि गाउँमा बेइज्जत भएको महसुस गरी रु एक हजारको छुरा किनेर ताराको हत्या गरेको ब्यूरोले जनाएको छ । मृतक ताराको कोठामा आएर कोही नभएको मौका छोपी शरीरको विभिन्न भागमा पटक–पटक छुरा प्रहार गरी हत्या गरिएको थियो ।

हत्या गरेपश्चात् राजु लामाको परिचय बनाई हेटौँडाको एक होटलमा काम गरी बसेको र पछि काठमाडौँ आएर विभिन्न व्यक्तिको घरमा रङ लगाउने काम गरेको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए ।

पक्राउ परेका राजेशलाई जिल्ला अदालत ललितपुरबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस