२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक विकासका पक्षहरु मध्ये कृषि क्षेत्रको प्रमुख समस्या र अवसरहरु

अ+ अ-

विषय प्रवेशः

कृषि क्षेत्र आर्थिक विकासको प्रमुख पक्ष हो । आर्थिक वर्ष २०७५/०७६ को कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २६.९८ प्रतिशत रहेता पनि कृषिमा यान्त्रिकीकरण, औद्योगीकरण र व्यवसायीकरणको माध्यमबाट उच्च उत्पादन र उत्पादकत्व वृद्धि गर्न नसक्नुका प्रमुख समस्याहरुलाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छः

कृषि क्षेत्रका प्रमुख समस्याहरुः

  • जग्गाको खण्डीकरण र खेतियोग्य जमीनमा घर-जग्गाको रुपमा प्लटिङ्ग हुँदै जानु,
  • जग्गा बाँझो राख्ने प्रवृत्ति बढ्दै जाँदा खेतियोग्य जमिन घट्दै जानुका साथै उत्पादनमा ह्रास आउनु,
  • कृषि पेशालाई सम्मानीत पेशा र लगानीमैत्री बनाउन नसक्दा युवा वर्ग कृषि पेशामा आकर्षित हुन नसक्नु,
  • जलवायूको विविधता तथा भौगोलिक जटिलता अनुकुलको कृषि प्रणाली विकास नहुनु,
  • कृषिमा निजी क्षेत्रको लगानी निकै कम हुनु,
  • कृषि उत्पादनको मूल्यको बढी हिस्सा बीचौलियाको हातमा जाँदा किसानले उचित मूल्य प्राप्त गर्न नसक्नु,
  • प्रविधि विकास, यान्त्रिकीकरण र व्यवसायीकरण हुन नसक्नु,
  • रासायनिक मल तथा विषादीको अनियमित प्रयोग र जलवायू परिवर्तनको कारणले वालीहरुमा नयाँ रोगहरु तथा किराहरु देखा पर्नु,
  • गुणस्तरिय विउ, मल, सिंचाई र कृषि सामाग्री आदिको आवश्यकता र माग अनुसार सही समय, मूल्य र स्थानमा सहज उपलव्ध हुन नसक्नु,
  • आवश्यकता अनुसार गुणस्तरीय शीत तथा अन्न भण्डारको व्यवस्था हुन नसक्नु,
  • कृषिमा व्यावसायिक करार सम्झौता नहुनु, अझै पनि कृषि प्रसार सेवा, कृषि सुचना, कृषि बीमा, कृषि ऋण जस्ता कार्यक्रमहरु ग्रामीण कृषकहरुको सहज पहुँचमा नहुनु,
  • कृषि उपजलाई कृषि उद्योगसँग जोड्न नसक्दा व्यवस्थित र दिगो तरिकाले बजारीकरण गर्न नसक्नु,

माथि उल्लेखित समस्याहरु विद्यमान रहँदै गर्दा पनि कृषि क्षेत्र आर्थिक विकासको संवाहकको रुपमा निकै अवसर र संभावना रहेको क्षेत्र हो ।यसका अवसर र संभावनाहरुलाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छः

कृषि क्षेत्रका अवसरहरुः

  • विद्यमान तीन तहका सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नु,
  • भौगोलिक तथा जैविक विविधतामा धनी हुनु,
  • वढ्दो स्वदेशी लगानीका साथै युवा लक्षित कार्यक्रमलाई प्राथमिकतापूर्ण रुपमा अगाडी वढाउनु,
  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुरुवात भई सुपरजोन, जोन, ब्लक तथा पकेट अनुसार प्राथमिकताका साथ कार्यान्वयनमा हुनु,
  • उच्च मूल्य पर्ने कृषि उपज उत्पादन र उत्पादकत्वमा केन्द्रित हुने नीति लिनु,
  • जलवायु परिवर्तन अनुकुल हुने गरी कृषि प्रणालीको विकास गर्न वातावरण मैत्री नमुना कृषि कार्यक्रम अगाडी वढाउनु,
  • दीर्घकालिन कृषि विकास रणनीति तर्जुमा गरी कार्यान्वयनमा अगाडी लैजानु,
  • कृषकमैत्री ऐन र नियम, नीतिहरु तर्जुमालाई प्राथमिकता प्रदान गर्नु,
  • कृषि ऋण, कृषि बीमा र नयाँ प्रविधिमा युवाको आकर्षण वढाउने कार्यहरु कार्यान्वयनमा लैजानु,
  • कृषिलाई पर्यटनसँग जोड्दै आय तथा रोजगारीका अवसरहरु वृद्धि गरी गरिवी न्यूनीकरणका कार्यक्रमहरु अगाडी वढाउनु,

अन्तमा,

नेपालको कृषि क्षेत्र मूलतः निर्वाहमूखी छ । यसमा संलग्न श्रमिकहरुको उत्पादकत्व कम रहने प्रवृत्तिको अन्त्य गर्दै कृषि उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गर्ने, खाद्यान्नमा आत्मनिर्भर वनाउने, प्रतिस्पर्धात्मक व्यवसायिक कृषि प्रणालीको विकासबाट रोजगारी अभिवृद्धि गर्न पनि कृषि क्षेत्रको महत्वपूर्ण भूमिका छ । त्यसैले कृषि क्षेत्रलाई सम्मानीत व्यवसाय पेशा वनाउन र आर्थिक वृद्धि, विकासमा टेवा पुर्‍याउन हामी सवैको हालेमालो आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस