हुवावेको ५जी स्मार्टफोनको बिक्री शुरु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

हुवावेको ५जी स्मार्टफोनको बिक्री शुरु


१० श्रावण २०७६, शुक्रबार


शेन्जेन । चीनको प्रविधि कम्पनी हुवावेले शेन्जेन शहरमा पहिलो पटक फाइब–जी (५जी) स्मार्टफोनको व्यवसायिक प्रयोग शुरु गरेको छ । हुवावेको प्रधान कार्यालय समेत यही शहरमा रहेको छ ।

हुवावेका मोबाइल फोन विभागका प्रमुख हे गाङले हुवावेको मेट २० एक्स (५जी) ले चीनमै ५जी नेटवर्क प्रयोग हुने पहिलो मोबाइल रहेको बताए ।

बालोङ ५००० युक्त यो स्मार्टफोनमा अति सानो एवं शक्तिशाली किरिन (८) चिपसेट रहेको छ ।

हुवावेले नयाँ स्मार्टफोनको माग हुन थालिसकेको जनाएको छ । शेन्जेनमा शुक्रबार अपराह्न यस सेटको मूल्य करिब ८९८ अमेरिकी डलर रहेको छ । यो सेट अगष्ट १६ देखि बजारमा व्यापक रुपमा उपलब्ध हुँदैछ ।

शुक्रबार हुवावेले आफ्नै होङमेङ ओएस रहेको स्मार्टस्क्रिन पनि बजारमा ल्याउँदैछ जसले टेलिभिजन व्यवसाय पनि शुरु गर्दैछ । स्मार्टस्क्रिनले एकै पटक धेरैवटा डिभाइसलाई जोड्न सक्छ । रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस