प्रदेश नं ५ लोक सेवा आयोगको अध्यक्षमा भट्टराई सिफारिश « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रदेश नं ५ लोक सेवा आयोगको अध्यक्षमा भट्टराई सिफारिश


१० श्रावण २०७६, शुक्रबार


बुटवल । प्रदेश नं ५ लोक सेवा आयोगको अध्यक्षमा प्रा डिलाराम भट्टराई सिफारिश भएका छन् । मुख्यमन्त्री संयोजकत्वको तीन सदस्यीय समितिले भट्टराईलाई अध्यक्षमा सिफारिश गर्ने निर्णय गरेको हो ।

प्रदेश लोक सेवा आयोग गठनका लागि मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्ष दलको नेता रहेको सिफारिश समिति रहने प्रदेश लोक सेवा आयोग ऐनमा व्यवस्था छ ।

समितिको सिफारिशका आधारमा मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नेछ । अर्घाखाँची सन्धिखर्क नगरपालिका–१० अर्घाखाँचीका स्थायी बासिन्दा भट्टराई महेन्द्र बहुमुखी क्याम्पस दाङका गणित विभागका प्रमुख छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस