२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम्प्युटर शिक्षा सञ्चालनले विद्यार्थीमा उत्साह

अ+ अ-

बाजुरा । दुर्गमका विद्यालयमा कम्प्युटर विषयको प्रयोगात्मक कक्षा सञ्चालन भएपछि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । दुर्गम क्षेत्रमा बिजुलीको विस्तार भएसँगै विभिन्न विद्यालयमा कम्प्युटर शिक्षाको प्रयोगात्मक कक्षा शुरु गरिएकाले शिक्षक तथा विद्यार्थी निकै उत्साही भएका हुन् ।

बुढीगङ्गा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाको समन्वय तथा स्थानीय साझेदार निकाय पिसविन परियोजना र सामुदायिक विकास परियोजनाको आर्थिक सहयोगमा दुई स्थानीय तहका चार विद्यालयमा कम्प्युटर विषयको प्रयोगात्मक कक्षा सञ्चालन गरिएको पिसविनका संयोजक टेकबहादुर थापाले बताए ।

कम्प्युटर सञ्चालन हुनेमा जिल्लाकै नमूना विद्यालयका रूपमा रहेको नौबिसस्थित भानोदय मावि, गाँज्रास्थित मालिका मावि, डोगडीस्थित मष्टेश्वरी मावि र बाह्रबिसस्थित सिङ्गाडा माविमा कम्प्युटर उपलब्ध गराइएकाले अहिले दुर्गम ठाउँका विद्यार्थीलाई उक्त विषय पढ्न निकै सहज भएको सम्बद्ध विद्यालयले जनाएको छ ।

यसबाट ग्रामीण क्षेत्रका विद्यार्थीले आधारभूत कम्प्युटर शिक्षा प्राप्त गर्नका लागि सदरमुकाम धाउनपर्ने बाध्यतासमेत हटेको छ । बाजुरामा सञ्चालन भइरहेको सामुदायिक विकास परियोजनाले सेवा क्षेत्रभित्रका विद्यालयलाई लक्षित गरी आवश्यक कम्प्युटर, फर्निचर, पुस्तकालय, भवन र अतिविपन्न बालबालिकालाई शैक्षिक सामग्री, पोशाक, कापी तथा कलम सहयोग गरिरहेको छ ।

स्थानीयस्तरमै कम्प्युटर विषयको प्रयोगात्मक पढाइ हुन थालेपछि विद्यालयमा विद्यार्थीको सङ्ख्या पनि बढेको भानोदय माविका प्राचार्य मनवीर खातीले बताए । विद्यालयमा कम्प्युटरबारे यसअघि किताबी ज्ञानमात्र दिइए पनि अहिले भने प्रत्यक्ष कम्प्युटर चलाउन र सिक्न पाउँदा आफूहरुलाई निकै सजिलो भएको विद्यार्थी रवीन्द्र बुढाले बताए ।

विद्यार्थीमा प्राविधिक ज्ञानका लागि विद्यालयमा कम्प्युटर शिक्षाको शुरुआत भएपछि शैक्षिक विकासमा सहयोग पुग्ने नौबिसकी रुक्मिणी जोशीको भनाइ थियो । दुर्गममा रहेका विद्यालयमा कम्प्युटर शिक्षाको शुरुआत गर्न कतै वैकल्पिक सौर्य ऊर्जा र कतै स्थानीय बासिन्दाले आफ्नै लगानीमा विद्युत् उत्पादन गरिरहेका र यसबाट एक हजार ५०० बढी विद्यार्थी लाभान्वित भएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस