गौशालाका दुई सई १८ हजार घुससहित पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गौशालाका दुई सई १८ हजार घुससहित पक्राउ


९ श्रावण २०७६, बिहिबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त गौशालाका दुई प्रहरी नायव निरीक्षक (सई) लाई घुससहित पक्राउ गरेको छ ।

सईद्वय रमेशबहादुर पाण्डे र राजु स्वर्णकारलाई सेवाग्राहीसित लिएको १८ हजार रुपैयाँसहित समातेको आयोगले जनाएको छ ।

उनीहरूले वृत्तमा रहेको सार्वजनिक मुद्दा चाँडै मिलाइदिन्छु भनी घुस लिएको आयोगले जनाएको छ । उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस