सरकारद्वारा अधिकृतस्तरका ९८९ अस्थायी दरबन्दी स्वीकृत « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सरकारद्वारा अधिकृतस्तरका ९८९ अस्थायी दरबन्दी स्वीकृत


९ श्रावण २०७६, बिहिबार


काठमाडौँ । सरकारले तीन वटा मन्त्रालयमा राजपत्रांकित श्रेणीका ९८९ अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ ।

यही साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले खाने पानी, बन तथा वातावरण र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहत सञ्चालित विभिन्न आयोजना सञ्चालनका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार सरकारले खाने पानी मन्त्रालयका लागि दुई सय १३ जना, वन मन्त्रालय ५० र श्रम मन्त्रालयका लागि सात सय २६ जना रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस