२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वातावरण संरक्षणमा नेपालबाट सिक्न चाहन्छौँ : चिनियाँ टोली

अ+ अ-

काठमाडौं । चीनका वातावरणसम्बन्धी उच्चअधिकारीहरुले नेपालले संरक्षण क्षेत्रमा जनसहभागितामा आधारित नमूना कार्यक्रमहरु सञ्चालन गरिरहेकामा प्रशंसा गर्दै आफूहरु त्यसबाट सिक्न इच्छुक रहेको बताएका छन् । नेपाल भ्रमणमा रहेको चिनियाँ जनकाँग्रेस (संसद्) को वातावरण तथा स्रोत संरक्षण समितिका अध्यक्ष काओ हुछङ नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले आज वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग भेटेर नेपालको अनुभवबाट आफूहरु सिक्न इच्छुक रहेको जानकारी दिएको हो ।

भेटमा दुई मुलुकबीच वन, वातावरण, वन्यजन्तु तथा समग्र जैविक विविधताको व्यवस्थापनका साथै वातावरण र जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य गर्ने विषयमा समेत छलफल भएको मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए । सो अवसरमा मन्त्री बस्नेतले नेपालको वन तथा वातावरण, संरक्षण क्षेत्र, निकुञ्ज र आरक्षका छुट्टाछुट्टै कानूनी व्यवस्था र नियमावलीको व्यवस्थाबारे चिनियाँ टोलीलाई अवगत गराएका थिए ।

उनले राष्ट्रिय निकुञ्जहरुबाट भएको आम्दानीको ५० प्रतिशत हिस्सा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि खर्च गर्ने गरिएको जानकारी दिँदै त्यसले वन संरक्षणमा स्थानीयवासीको सहभागिता र स्वामित्व सुनिश्चित गर्दै आएको बताए । मन्त्री बस्नेतले पृथ्वीको सुरक्षा र प्राणीजगत्को हित विश्वका सबै मुलुककोे अनिवार्य दायित्व भएको र त्यस विषयमा पनि नेपाल तथा चीनबीच सहाकार्य जरुरी भएकामा जोड दिए । राजनीति, कूटनीति, अर्थनीति तथा पर्यावरणलाई एकाकार गर्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री बस्नेतले हरित ग्यास उत्सर्जनमा नेपालको भूमिका नगण्य अर्थात् ०.०२७ प्रतिशत रहे पनि अति प्रभावितको सूचीमा रहनु दुःखद विषय भएको उल्लेख गरे । भेटमा अध्यक्ष हुछङले आफूहरु संरक्षण क्षेत्र र राष्ट्रिय पार्कसम्बन्धी नयाँ कानून मस्यौदा गर्ने प्रक्रियामा रहेको र त्यसैका लागि यहाँको अनुभव बुझ्न नेपाल आएको बताएका थिए । उनले वन, वातावरण, वन्यजन्तु संरक्षण र पर्यायवरणको क्षेत्रमा नेपाललले धेरै राम्रो काम गरेको बताउँदै आफूहरु नेपालको अनुभवबाट सिक्न इच्छुक रहेको धारणा व्यक्त गरे ।

चीन नेपालभन्दा भूगोलका आधारमा ठूलो भए पनि दुई देशबीच सदैव समानता, सहअस्तित्व र भ्रातृत्वमा आधारित सम्बन्ध रहेको चर्चा गर्दै उनले वातावरण संरक्षण र लजवायु परिवर्तनका क्षेत्रमा समेत नयाँ सहकार्यको जरुरी देखिएको औँल्याएका थिए । सङ्घीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईको निमन्त्रणामा नेपाल आएको सो टोलीले यसअघि सभामुख कृष्णबहादुर महरासँग शिष्टाचार भेट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस