३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलेसियाले नेपाललाई दियो ८४ रनको लक्ष्य

अ+ अ-

काठमाडौं । टी-२० विश्वकपको एसियाली छनोटअन्तर्गत मलेसियाले नेपाललाई ८४ रनको लक्ष्य दिएको छ। वर्षाका कारण ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले पूरा ओभर ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा ८३ रनको योगफल तयार गरेको हो।

सिंगापुरको इन्डियन एसोसियसन मैदानमा मलेसियाले सुरुवातमै विकेट गुमाएको थियो। पहिलो ओभरमा नै उसले प्रारम्भिक ब्याट्सम्यान अनवर अरुदिन र सफिक सिरफलाई शून्य रनमा गुमाएको थियो। मलेसियाका दुवै प्रारम्भिक ब्याट्सम्यानलाई सोमपाल कामीले पेवेलियन फर्काइदिएका थिए।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सइद अजिजले सन्दीप लामिछानेको बलमा दिपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट हुनुअघि ३० रनको पारी खेले। आक्रामक ब्याटिङ गरेका उनले मात्र १५ बलमा ५ चौका र एक छक्काको मद्दतमा उक्त रन बनाएका हुन्।

अमिउद्दिन राम्ली(५ रन) सोमपालको बलमा बोल्ड हुँदा मुहम्मद स्याहदात (१ रन) करण केसीको बलमा ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट हुन पुगे।

१ चौका र १ छक्काको मद्दतमा भिरानदिप सिंहले २१ रन बटुले। उनी वसन्त रेग्मीको बलमा सन्दीप लामिछानेबाट क्याच आउट भएका थिए। कप्तान अहमद फैजले ९ रनको योगदान दिए।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। महँगो सावित भएका उनले २ ओभरमा २१ रन दिएका थिए। यसबाहेक वसन्त रेग्मीले २ तथा सन्दीप लामिछाने र करण केसीले समान १/१ विकेट हात पारे।

पहिलो खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको थियो। यसकारण पनि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ। प्रतियोगिताको दाबेदार मानिएको नेपालले सिंगापुर जानुअघि मलेसियासँग भएको मैत्रीपूर्ण शृंखला क्लिनस्विपु गरेको थियो।

प्रतियोगितामा मलेसिया २ खेलमा १ मा जित र १ मा हार बेहोर्दै अंकतालिकाको दोस्रो स्थानमा छ। नेपाल आफ्नो पहिलो खेलमा हार बेहोर्दै अन्तिममा छ।

जारी एसियाली छनोटको फाइनल चरणको प्रतियोगिता जित्ने टोली टी-२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ।

नेपाली टिमका कप्तान पारस खड्काले भने चोटका कारण मलेसियाविरुद्धको खेल गुमाएका छन्। उनको स्थानमा टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गरेका छन्।

नेपालले तेस्रो खेल शनिबार कुवेतसँग र अन्तिम खेल आइतबार सिंगापुरसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस