केही दिन भारी वर्षाको सम्भावना « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

केही दिन भारी वर्षाको सम्भावना


५ श्रावण २०७६, आइतबार


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालमा केही दिन भारी वर्षाको सम्भावना रहेको बताएका छन् ।

मनसुनी रेखा नेपालतिर सर्दै आएकाले त्यसको प्रभाव आइतबार त्यति धेरै नपरे पनि सोमबारबाट भारी वर्षा हुने मौसमविदहरुले बताएका छन् ।

यसअघि दक्षिणतिर सरेको यो रेखा बिस्तारै नेपालतिर सर्दै आएको छ । यो रेखा सोमबार नेपाल भित्रिने र मंगलबार भारी वर्षा हुने मौसमविदको भनाइ छ ।

भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जाने र खोलाहरुमा जल सतह बढ्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस