स्थानीय तह विशेष सामान्य ज्ञान वस्तुगत प्रश्नोत्तर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्थानीय तह विशेष सामान्य ज्ञान वस्तुगत प्रश्नोत्तर


भुवन ज्ञावाली

४ श्रावण २०७६, शनिबार


लोक सेवा तयारी

1. नेपालको इतिहासमै प्रथम पटक प्रदेश सभाको बैठक कहिले बसेको थियो ?
उत्तरः २०७४ माघ १८ (प्रदेश ३ को प्रदेशसभा बैठक हालका मुख्यमन्त्री डोरमणि पौडेलले अध्यक्षता गरेका थिए)
2. नेपाल र अमेरिका बिच कूटनीतिक सम्बन्ध कुन राणा प्रधानमन्त्रीको पालामा भएको थियो ?
उत्तरः श्री ३ पद्मशमशेर
3. चर्चित अमेरिकी पत्रिका टाइम्सले सन् २०१८ का लागि ‘Time Persons of The Year’ कसलाई घोषणा गर्‍यो ?
उत्तरः साउदी पत्रकार जमाल खसोस्गी
4. सेप्ली झरना कुन जिल्लामा रहेको छ ?
उत्तरः ओखलढुङ्गा (मेलुङ गाउँपालिका)
5. OPEC (Organization of the Petroleum Exporting Countries) मुख्यालय कहाँ रहेको छ ?
उत्तरः भियना, अष्ट्रिया
6. OECD (Organization for Economic Co-operation and Development) कहिले स्थापना भएको हो ?
उत्तरः ३० सेप्टेम्बर, १९६१
7. Human Capital Index 2018 अनुसार विश्वमा नेपाल कतिऔं स्थानमा रहेको छ ?
उत्तरः १०४ औँ
8. गौतम बुद्धले बुद्धत्व प्राप्ति पश्चात् पहिलो पटक कपिलवस्तु राज्य आउँदा आफ्ना मातापिता, श्रीमती र छोरासँग चेट गरेको स्थल कुन हो ?
उत्तरः प्राचीन निग्रोधाराम(कुदान), कपिलवस्तु
9. ‘कोषः जीवन पछीको जीवन’ कृतिका लेखक को हुन् ?
उत्तरः कर्ण शाक्य
10. कुन आर्थिक वर्ष देखि नेपाल राष्ट्र बैङ्कले वार्षिक मौद्रिक नीति सार्वजनिक गरेको हो ?
उत्तरः आ.व. २०५९/६०
11. IPO को पूर्णरुप के हो ?
उत्तरः Initial Public Offering
12. ‘आइ ओ यु’ मुख्यतया के सँग सम्बन्धित छ ?
उत्तरः प्रतिज्ञा पत्र
13. “गुण चक्र” कुन देशबाट सुरुवात भएको अवधारणा हो ?
उत्तरः जापान
14. यदि कुनै व्यक्ति बोल्दा अत्याधिक रूपमा अङ्ग्रेजी शब्दको प्रयोग गर्ने बानी छ । त्यस्तो बानीको कारणले एक निरक्षर गाउँले उसको कुरा बुझ्दैन । सञ्चार प्रणालीको दृष्टिकोणबाट यो कुन समस्या सँग सम्बन्धित छ ?
उत्तरः डिकोडिङ
15. पामिर माउण्टेनको अधिकांश भाग कहाँ पर्दछ ?
उत्तरः ताजकिस्तान
16. भित्री मधेसले नेपालको कुल क्षेत्रफलको कति प्रतिशत भू-भाग ओगटेको छ ?
उत्तरः ८.५ प्रतिशत
17. बुद्धको जन्मस्थल लुम्बिनीलाई कहिले पञ्चशील क्षेत्र घोषणा गरिएको थियो ?
उत्तरः २०७५ मङ्सिर ४ गते
18. राष्ट्रिय सहकारी सङ्ग्रहालय कहाँ निर्माण हुँदैछ ?
उत्तरः चितवन
19. दिगो विकासका पञ्चतत्वमामा के-के पर्दछन् ?
उत्तरः Planet, People, Peace, Partnership, Prosperity
20. विश्वमा देशको राजधानी सहरबाट सबैभन्दा नजिक रहेको राष्ट्रिय निकुञ्ज कुन हो ?
उत्तरः शिवपुरी राष्ट्रिय निकुञ्ज

Tags :
प्रतिक्रिया दिनुहोस