कांग्रेसद्वारा बुद्धका मूर्ति तोडफोड गर्नेलाई कारवाहीको माग - प्रशासन प्रशासन

कांग्रेसद्वारा बुद्धका मूर्ति तोडफोड गर्नेलाई कारवाहीको माग


प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार १८:५१

नेपाली कांग्रेसले रुपन्देहीको तिलोत्तमा नगरपालिकाअन्तर्गत सिद्धार्थ राजमार्गको बीच भागमा राखिएका गौतमबुद्धको मूर्तिहरु तोडफोड गर्नेलाई यथाशीघ्र कानूनी कारवाहीको माग गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आज विज्ञप्तिमार्फत विश्वमा नेपाललाई चिनाउने शान्ति र सहअस्तित्वलाई प्रेरित गर्ने भगवान् गौतमबुद्धको मूर्तिहरुलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान भएको उल्लेख गर्दै सो निन्दनीय एवं आपत्तिजनक कार्य गर्ने दोषीलाई करवाही गर्न माग गरेका थिए ।

Tags: ,

प्रतिक्रिया दिनुहोस