२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुक्त कमैया आर्थिक समृद्धिमा लाग्नुपर्छ : उपसभामुख थारू

अ+ अ-

राँझा । प्रदेश नं ५ का प्रदेशसभाका उपसभामुख कृष्णी थारूले मुक्तकमैयाको समस्या सरकारले अपनत्व गरिसकेकाले अब उनीहरु आर्थिक समृद्धिका लागि सक्रिय हुनुपर्ने बताएकी छन् । २० औँ कमैया मुक्ति दिवसका सन्दर्भमा आज नेपालगञ्जमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘मुक्त कमैयाहरु पनि अब आर्थिक समृद्धिका लागि सक्रिय हुनुपर्दछ ।’

पूर्व मुक्तकमैयासमेत रहेकी उपसभामुख थारूले मुक्तकमैयाको समस्या स्वयम् सरकारले ग्रहण गरेर काम गरिरहेको अवस्थामा अब मुक्त कमैयाले आफ्नो आर्थिक समृद्धिका लागि पनि सरकारलाई सहयोग र समन्वय गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।

मुक्त कमैयालाई अहिले रोजगारको आवश्यकता रहेकाले उनीहरुको जीविकोपार्जनका लागि प्रदेश सरकारले गत आर्थिक वर्षदेखि मुक्तकमैया, सुकुम्वासी, विपन्न महिला, जनजातिका लागि जीविकोपार्जनका लागि आयआर्जन भन्ने शीर्षकमा नै बजेट छुट्याएकोे जानकारी दिइन् । पुनस्र्थापनामा लामो समय लागेका कारण मुक्तकमैयाले ठूलो समस्या झेल्नु परेको उनको भनाइ छ ।

शिक्षा विनाको जीवन अधुरो हुने भएकाले शिक्षाको क्षेत्रमा सरकारले मुक्तकमैयालाई सहयोग गर्नुपर्ने आवश्यकता ठानेर प्रदेश ५ सरकारले यो वर्षको नीति तथा कार्यक्रममा कम्लहरी बालिकालाई महीनाको एक हजारको दरले छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था गरेर सराहनीय काम गरेको उनको भनाइ छ ।

उनले हिजोको दिनमा मुक्तकमैयालाई यिनीहरुको बाँच्ने आधार छैन जे गरे पनि हुन्छ भन्ने समाजको सोचाइ अन्त्य भइसकेको उल्लेख गर्दै समग्र मुक्त कमैयाभित्र पनि महिलाको अवस्थालाई दृष्टिगत गरी सशक्तीकरणमा ध्यान दिनुपर्ने विचार राखिन् ।

प्रतिक्रिया दिनुहोस