मुम्बईमा घर भत्किदा १४ जनाको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मुम्बईमा घर भत्किदा १४ जनाको मृत्यु


१ श्रावण २०७६, बुधबार


मुम्बई । भारतको मुम्बईस्थित डोङ्ग्री नगरमा चार तले भवन भत्किँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा अरु नौ जना घाइते भएका छन् ।

भवनमा अरु पनि मानिस च्यापिएको आशंकामा कुकुरको सहायताले खोजी कार्य अझै जारी रहेको खोज तथा उद्धार केन्द्रले जनाएको छ ।

उक्त भवन मंगलबार बिहान ११ बजे भत्किएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनवीसले उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

स्थानीय महानगरले उक्त भवनलाई सन् २०१७ मा तत्काल भत्काउने गरी ग वर्गमा वर्गीकरण गरेको थियो । मुम्बईमा पुराना भवनहरु भत्किएर बर्सेनि ठूलो जनधनको क्षति हुने गरेको छ ।रासस/एएनआई

Tags :
प्रतिक्रिया दिनुहोस