विषयगत प्रश्न « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

विषयगत प्रश्न


१ श्रावण २०७६, बुधबार


१. कार्यालय विन्यास भनेको केहो ? यसको महत्व स्पष्ट पार्नुहोस् ।
कार्यालयका लागि उचित स्थानको छनोट एवम् उपयुक्त भवनको भवनको व्यवस्था गरिसकेपछि व्यवस्थापकले उपलब्ध स्थानको अधिकतम उपयोग हुनेगरी कार्यालयको सजावट गर्ने कार्यलाई कार्यालय विन्यास भनिन्छ । यो कार्यालयको रुपाङ्कन गर्ने कार्य हो ।

यसअन्तर्गत विभिन्न विभाग तथा कोठाहरुमा टेवल, कुर्सी, सजावटका सामानहरु, विभिन्न यन्त्रहरु आदि वैज्ञानिक ढङ्गले व्यवस्थित एवम् आकर्षक गर्ने कार्यहरु पर्दछन् । यसले गर्दा कार्यालयलाई मितव्ययी र प्रभावकारी रुपमा प्रवाह गर्ने मदत पुग्दछ ।
कार्यालय विन्यासको महत्व
-उपलब्ध स्थान तथा उपकरणको उचित प्रयोग,
-कार्यालय खर्चमा मितव्ययिता,
-कार्यालयको कार्यदक्षतामा अभिवृद्धि
-सहज सुपरीवेक्षण, प्रभावकारी नियन्त्रण
-उपयुक्त सञ्चार व्यवस्थापन
-कर्मचारीको मनोबलमा वृद्धि
-ग्राहकहरुमा सकारात्मक प्रभाव ।


श्रोत : गोरखापत्र 

प्रतिक्रिया दिनुहोस