चिकित्सा शिक्षा आयोगद्वारा उपाध्यक्षका लागि पुनः दरखास्त आह्वान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चिकित्सा शिक्षा आयोगद्वारा उपाध्यक्षका लागि पुनः दरखास्त आह्वान


१ श्रावण २०७६, बुधबार


काठमाडौं । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका पुनः दरखास्त आह्वान गरेको छ। यस अघि असार ९ गते पहिलो पटक सूचना निकालेर दरखास्त मागेको आयोगले आवेदन परेका छ जनाको दरखास्त रद्द गर्दै पुनः दरखास्त मागेको हो।

दरखास्त परेका मध्ये योग्यता पुगेको पुष्टि भएका कागजात नभएको आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिको ठहर छ। नयाँ सूचनामा साउन १५ गतेसम्म आवश्यक प्रक्रिया पुरा गरी दरखास्त दिन सकिने जनाइएको छ।

आवेदन दिने उम्मेदवारको उमेर ६५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ। यसअघि ६१ वर्ष मुनिका व्यक्तिले मात्र दरखास्त दिन पाउने थिए। उपाध्यक्षका लागि आवेदन दिनेले विभिन्न १५ प्रकारका कागजपत्रहरु पेश गर्नुपर्ने छ।

प्रतिक्रिया दिनुहोस