नेकपाले टुँग्यायो एकता प्रक्रिया, साउन ५ गते घोषणा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेकपाले टुँग्यायो एकता प्रक्रिया, साउन ५ गते घोषणा


१ श्रावण २०७६, बुधबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया टुँगिएको छ।

तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरण भएर बनेको नेपाल कम्यूनिष्ट पार्टी नेकपाले एकीकरण भएको एक बर्ष पछि पूर्णता पाएको हो।

मंगलबार पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा विशेष प्रदेश, केन्द्रीय आयोग, विभाग, सल्लाहाकार परिषद् लगायतका सबै विषयमा सहमति जुटेको बताइएको छ ।

साउन ५ गते सचिवालय बैठक बसेर एकता प्रकृया टुँगो लागेको औपचारीक घोषणा गर्ने बताइएको छ।

अध्यक्षद्वयबीच भएको छलफलमा महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलसमेत सहभागी रहेका थिए।

पार्टी एकीकरणको घेषणा २०७५ जेठ ३ गते गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस