भोलिदेखि इन्टरनेटको मूल्य बढ्ने « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

भोलिदेखि इन्टरनेटको मूल्य बढ्ने


३१ असार २०७६, मंगलबार


काठमाडौं । साउन १ गते (भोलि) देखि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क बढ्ने भएको छ ।

सरकारले आर्थिक विधेयक मार्फत इन्टरनेट सेवा उपलब्ध गराउने निकायले दुरसञ्चार सेवा दस्तुर बापत लिने १३ प्रतिशत रकम असुल गर्नुपर्ने बुँदालाई यथावत राखेकाले इन्टरनेट सेवा प्रदायकले आपत्ति जनाएका थिए ।

उनीहरले यस अघिको नोक्सानलाई कभर गर्ने गरी २० प्रतिशतसम्म शुल्क बढाउँने निर्णय गरेका छन् । आथिक वर्ष २०७५/०७६ को बजेटले १३ प्रतिशत शुल्क लिने निर्णय गरेको थियो ।

तर इन्टरनेट सेवा प्रदायकहरुले सरकारलाई आम उपभोक्तालाई मूल्य बृद्धि नगराइदिन भनेपछि सरकार र व्यवसायी मिलेर मूल्य समायोजन गरिएको इन्टरनेट सेवा प्रदायकको संस्था (आइस्पान) का अध्यक्ष भोजराज भट्टले बताए ।

तर अहिलेको बजेटमा पनि यो १३ प्रतिशत रकम बृद्धि नहटाएकोले एक वर्षको नोक्सान रकम पनि उपभोक्ता बाटै उठाउने गरी २० प्रतिशत शुल्क बृद्धि गर्ने उनले भने । उनका अनुसार यो २० प्रतिशत एक बर्षसम्म उठाइनेछ भने अर्को वर्षदेखि १३ प्रतिशतमात्र उठाइनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस