२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरुवा बन्दुकसहित दुईजना पक्राउ

अ+ अ-

पशुपतिनगर । इलाम नगरपालिका–३ मकैबारीमा चार नाल भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको सन्दकपुर गाउँपालिका–१ बस्ने ३५ वर्षीय रामकुमार राई र २७ वर्षीय मीनकुमार फागो रहेका छन् ।

इलाम र पाँचथरको सीमा क्षेत्रमा शङ्कास्पद गतिविधि भएको सूचनाको आधारमा इलाम जिल्ला प्रहरी कार्यालय र पाँचथर जिल्लाको पौवास्थित इलाका प्रहरी चौकीको संयुक्त टोलीले चार नाल बन्दुक र त्यसमा प्रयोग गरिने बारुद, फलामका टुक्रालगायत खरखजना बरामद गरेको हो ।

गस्ती टोलीले उनीहरूको गोठमा खानतलासी गर्दा राईको गोठमा बारुद भरिएको बन्दुक एक नाल बन्दुकसहित फलामका टुक्रा तथा बारुद फेला पारेको थियो भने फागोको गोठबाट बारुद भरिएको एक नाल बन्दुक र खाली दुई नाल बन्दुकसहित सोमा प्रयोग हुने बारुदलगायत खरखजना बरामद गरेको इलाम जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका व्यक्तिमाथि हातहतियार मुद्दामा इलाम जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस