ट्रेड युनियनद्वारा १० लाख राहत « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ट्रेड युनियनद्वारा १० लाख राहत


प्रशासन विशेष ब्युरो

३० असार २०७६, सोमबार


काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले बाढी पहिरो र डुबानका कारण ज्यान गुमाउने व्यक्तिलाई राहत दिन र उद्धार कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।

युनियनको सोमबार बसेको बैठकले कोषमा रकम जम्मा गर्ने निर्णय गरेको केन्द्रीय अध्यक्ष पुण्य प्रसाद ढकालले जानकारी दिएका छन् ।

अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म ६७ जनाले ज्यान गुमाएका छन् भने ४३ जना घाइते भएका छन् ।

घटनामा ३० जना बेपत्ता रहेको र एक हजार चार सय ४६ जनाको सकुशल उद्धार गरिएको प्रहरी अधिकारीले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस