२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेढ दर्जन घर पहिरोले भत्कायो, सयौँ घर जोखिममा

अ+ अ-

गाईघाट । पाँच दिनदेखि आएको निरन्तर भीषण वर्षाको कारण उदयपुर जिल्लाको मध्य पहाडी तथा पश्चिमी क्षेत्रका विभिन्न गाउँपालिकामा अहिले डेढ दर्जनभन्दा बढी घर पहिरोले भत्काएको छ भने सयौँ घर उच्च जोखिममा परेका छन् ।

जिल्लाको मध्य पहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिकामा गएको पहिरोको कारण वडा नम्बर ४ र ५ मा दशवटा घर पहिरोले भत्काएको र केही घर पहिरोले पुरेको उदयपुर गढी गाउँपालिकाका उपाध्यक्ष सानुकुमारी राउतले बताए । यता जिल्लाको मध्य पहाडी उत्तरी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाको ४ बलाम्ता क्षेत्रमा समेत पहिरोको कारण तीन दर्जन घर भत्कन थालेको र बलाम्ताको पर्शुराम पद्मा मावि विद्यालयसमेत पहिरोको जोखिममा परेको स्थानीय समाजसेवी कुमार राईले बताए ।

जिल्लाको पश्चिमी पहाडी गाउँपालिका ताप्लीको वडा नम्बर २ पनि चार घर पहिरोले भत्काएको ताप्ली गाउँपालिकाको अध्यक्ष उद्धवसिंह थापाले बताए । उदयपुर गढी र लिम्चुङबुङ गाउँपालिकाका धेरै वडामा घर पहिरोले भत्काउन र तान्न थालेपछि अहिले सयौँ स्थानीय घर छाडेर अन्यत्र सुरक्षित स्थानतर्फ गइसकेको पनि सम्बन्धित गाउँपालिकाका जनप्रतिनिधिले बताएका छन् ।

जिल्लाकै रौतामाई गाउँपालिकाको सुनकोशी किनार क्षेत्रको अँधेरी छामलिङ, आँपटार खयसरबास क्षेत्रमा पनि पहिरोको कारण सयौँ घर अहिले जोखिममा पर्न थालेको रौतामाई गाउँपालिका–४ का वडाध्यक्ष पाण्डव राईले जानकारी गराउन भएको छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकार ध्रुवबहाुर खड्कासँग जानकारी माग्दा अहिले जिल्लामा दर्जनौँ घरलाई पहिरोले भत्काइसकेको र धेरै घर जोखिममा रहेको आफूसँग सूचना आएको तर मानवीय क्षति भने नभएको बताए । पहिरो जाने क्षेत्र र जोखिममा परेका क्षेत्रका स्थानीयलाई सतर्क बस्न लगाइएको कारण उनीहरु सुरक्षित स्थानतर्फ रहेको कारण पनि ज्यानको खतरा नरहेको प्रजिअ खड्काले बताए ।

त्यसैगरी निरन्तर वर्षाको कारण उदयपुर जिल्लाको पूर्वी पहाडी क्षेत्र, मध्य पहाडी र पश्चिमी पहाडी क्षेत्रका सडकमा पहिरो खसेपछि अहिले यातायात सेवा सञ्चालन कार्य पूर्णरुपमा बन्द हुन पुगेको छ । जिल्लाको सदरमुकाम गाईघाटदेखि पहाडी क्षेत्र रौता, आँपटार, फोक्सिङटार, साउने खाँबु सञ्चालन हुने सडक खण्डमा पहिरो खसेर रुखसमेत ढलेर सडक अवरुद्ध भएपछि यस क्षेत्रका सडकमा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस