पहल कार्यक्रमलाई डोटीमा विकासे ईट्टाको संकेत « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पहल कार्यक्रमलाई डोटीमा विकासे ईट्टाको संकेत


२९ असार २०७६, आइतबार


डोटी । डोटी जिल्लामा संचालनमा रहेको पहल कार्यक्रमलाई डोटीको समग्र क्षेत्रको विकास कार्यमा महत्वपूर्ण सहयोग गर्ने विकासे इट्टाको रुपमा संकेत गरिएको छ ।

सामुदायीक विकास केन्द्र डोटीले आईतबार जिल्ला सदरमुकाम सिलगढीमा संचालन गरेको कार्यक्रम समापन गोष्ठीका अधिकांश सहभागिहरुले समुदायक स्तरमा पहल कार्यक्रमले गरेका राम्रा अभ्यासहरुको चर्चा गर्दै सो कुरामा जोड दिएका हुन ।

२०१४ देखि हाल सम्म डोटी जिल्लाको केआई सिं गाउँपालिका र फुडसिल बोगटान गाउँपालिकाका विभिन्न वडाहरुमा कृर्षि, प्राकृतिक प्रकोप, स्वास्थ्य, पोषण लगाएतका विभिन्न बहु क्षेत्रीय कार्यक्रमहरु संचालन गरिरहेको कार्यक्रमका जिल्ला संयोजक हर्क बलायरले बताए ।

कार्यक्रममा बोल्दै डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले सरकारको प्रतिनीधीत्व हुन नसक्ने स्थानहरुमा पनि संस्थाहरुले विभिन्न कार्यक्रमहरु संचालन गर्दा डोटीको विकासमा सहयोग पुगेको बताए । उनले भने पहल कार्यक्रमले डोटीमा बहु क्षेत्रलाई समेटेर कार्यक्रम संचालन गरेको छ केही उपलब्धी त अनुगमनको क्रममा हामीले पनि देखेका थियौ र सामाजिक परिवर्तका उपलब्धी तत्काल नदेखिए पनि केही समय पछि त्यसको प्रभाव देखिने बताए ।

डोटी जिल्ला जस्तो मानब बिकास सुचांकमा पछाडी परेकोे जिल्लाको लागि पहल कार्यक्रम जस्ता परियोजना अती आवश्यक रहेको समेत प्रजिअ पौडेलले बताए । पहल कार्यक्रमले जनताको जिवन स्तर सुधारमा सहयोग पुग्नुका साथै ब्यवहार परिवर्तमा समेत टेवा पुगेको फुडसिलग बोगटान गाउँपािलकाका अध्यक्ष कमल गडसिलाले बताए । आफ्नो गाउँपालिकामा निमार्ण गरिएका संरचना र परियोजनालाई दिगो राख्न कार्ययोजना साथ अघाडी बढ्ने अध्यक्ष गडसिलाले बताए ।

पहल कार्यक्रम र अन्यसंघ संस्थाहरुको पहल र सहयोगमा गाउँपालिका स्तरम बनेका बिकासे संरचनाहरुको सम्पूर्ण जिम्मेबारी गाउँपालिकाले लिने के आई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले बताए ।
पहल कार्यक्रमका नेपाल प्रमुख मार्क पोमीरभिलीले साझेदार संस्था सामुदायीक बिकास केन्द्रको अथक प्रयास र स्थानिय सरकार, सरोकारवालाहरुको सहयोगका कारण कार्यक्रम सफल भएको बताए । उनले भने ‘ नेपालको नयाँ संघिय संरचनामा हाम्रो कार्यक्रम पनि नयाँ प्रकारको हुदाँ सुरुसुरुमा केही चुनौतिपूर्ण भएपनि पछील्लो केही वर्ष यताको समयमा निकैनै उपलब्धी पूर्ण रहेको समेत बताए । ’ नेपालमा अर्को चरणको नयाँ कार्यक्रम सुरुहुने भए डोटी जिल्लालाई उच्च प्राथकीकतामा राख्ने समेत बताए । नयाँ चरणको कार्यक्रम संचालन हुने नहुने विषयमा भने केही बोलेनन् ।

जनताले प्रत्येक्ष रुपमा सरोकार राख्ने सवालहरु संग रहेर कार्यक्रम संचालन गर्दा कार्यक्रम उपलब्धी पूर्ण रहेको जिल्ला समन्वय समिति डोटीकी उप प्रमुख ससी सोपले बताईन् । उनले भनिन पहल कार्यक्रमले डोटेली जनतालाई विभिन्न क्षेत्रमा राहात पुगेको छ स्थानीय सरकारका लागि सिस्टमको बिकास भएको छ यसलाई दिगो बनाई राख्न स्थानीय सरकार र सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेबताईन् ।

संस्थाले डोटीको बिकासको लागि विभिन्न क्षेत्रलाई समेटेर लामो समयदेखि विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको सामुदायीक विकास केन्द्र डोटीका अध्यक्ष अध्यक्ष हेमराज जोशीले बताए । स्थानीय तहका प्रमुखलाई इंकित गर्दै उनले भने ‘पहल कार्यक्रम यउटा दुलही जस्तै हो हामीले सुरुवात गर्यौ सिकायौ, केही सहयोग गर्यौ स्थानीय सरकारलाई अव ज्वाई जस्तै मानेर सुम्पेका छौ अब यसको संरक्षण गर्ने, दिगो बनाई राख्ने तपाईहरुको काम हो ।’

अध्यक्ष जोशीले हामीलाई आएको सुझाब र अरुले गरेको कार्यक्रमको मुल्याङ्कनको आधारमा हेर्दा कार्यक्रमले डोटी जिल्लाको समग्र क्षेत्रको बिकासमा केही सहयोग पुगेको देखिन्छ । सहयोगि दातृ निकाए स्थानीय सरकार र अन्य सरोकारवालाहरुको सहयोगमा कार्यक्रम सफल भएको समेत जोशीले बताए ।

कार्यक्रम समापन समारोहमा जिल्ला स्थीत सबै सरोकारवाला निकाएहरुको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस