२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषिमा आधुनिक प्रविधिले मजदूर विस्थापित

अ+ अ-

बेझाड । पाल्पाका कृषकहरु पछिल्लो समय आधुनिक प्रविधितर्फ आकर्षित भएका छन् । कृषिमा भित्रिएको नयाँ प्रविधिको प्रयोग गरी खेती लगाउने र स्याहार्ने कार्यमा यहाँका कृषकको आकर्षण बढेको पाइएको छ ।

खेतबारी खनजोत गर्न र बाली स्याहार्न विभिन्न यन्त्र तथा उपकरण गाउँ गाउँ भित्रिएपछि यहाँका कृषकले आधुनिक प्रबिधिबाट खेती गर्न थालेका हुन् । गोरु लगाई परम्परागत रुपमा धान रोप्नुका बदला अहिले मेशिनबाट रोप्न थालिएको छ ।

जिल्लामा गोरुले खेत रोप्ने पुरानो परम्परा हट्दै गएको छ । एक हल गोरुले दिनभर गर्ने काम पावर टिलर, मिनि टिलर, ट्याक्टरबाट छोटो समयमा सम्पन्न हुने हुँदा यसप्रति कृषकको आकर्षण बढेको हो ।

रामपुर नगरपालिका–५ बाङ्गेपसल बस्ने कृषक ऋषिराम रेग्मीले छोटो समयमा धेरै काम सम्पन्न हुने भएपछि गोरुको ठाउँमा पावर टिलर, मिनि टिलर, ट्याक्टर लगाएर धान रोपाइँ गर्न थालेको बताए । यी मेशिनबाट कम लगानीमा काम छिटो सम्पन्न हुने भएपछि कृषकलाई धान रोप्न सजिलो भएको छ ।

रामपुर नगरपालिका वडा नं ४ सदावर्त बस्ने नरबहादुर नेपाली ४० वर्ष सम्म आफैंले गोरु जोतेर धान रोप्नु भयो तर अहिले उनी पनि गोरु पाल्न छाडेर ट्याक्टरबाट प्रयोग गर्नुहुन्छ । गोरु लगाएर रोपाइँ गर्दा एक हप्ता अघिदेखि हलगोरु र खेतालाको बन्दोबस्त गर्नुपथ्र्यो । यो समस्याबाट पनि कृषक अहिले मुक्त भएका छन् । रोपाइँका बेला भनेकै समयमा हलगोरु पाउन मुश्किल हुन्थ्यो ।

गोरु पाल्न झण्झट छ । गोठाला जाने चलन गाउँघरमा हराउँदै गएको छ । बढ्दो यान्त्रीकरण काम गरेर खाने मजदूरहरुको रोजीरोटी खोसिँदै छ । ज्यालादारीमा काम गरेर जीवन गुजारा गर्ने श्रमिक र मजदूरहरुको आम्दानीको स्रोत नै गुमेको छ । परम्परागत कृषि औजारका सट्टा खनजोत गर्ने हाते ट्याक्टर, पावर टिलर, बीउ रोप्ने मेशिन, धान काट्ने मेशिन, गहुँ ठटाउने, धान झाट्ने मेशिनको बढ्दो प्रयोग हुन थालेपछि कृषि व्यवसायमा आवद्ध कृषि मजदूर विस्थापित हुन पुगेका हुन् ।

हिजोआज जिल्लाको माडी, अर्गली, कचल, सर्देवा, हुँगी, दोभान, रामपुर फाँटहरुमा कृषि यन्त्र र उपकरणहरुको प्रयोग बढ्दो छ । घरमा पालेको गोरु अरुको खेतबारी जोतेर वर्षमा पचास हजारभन्दा बढी आम्दानी गर्ने रामपुर नगरपालिका–५ बहखोलाका वीरबहादुर कुमाल गोरुको विकल्पमा गाउँमा ट्याक्टर आएपछि आफू बेरोजगार जस्तै बन्न पुगेको बताउछन्।

उनी भन्छ – ‘ट्याक्टरका कारण म जस्तै यस क्षेत्रका पचास जनाभन्दा बढी मजदूरले यस्तो रोजगारबाट हातै धुन परेको छ ।’ उनलाई वर्षायाम शुरु भएपछि खेतमा धान रोपाइँ गर्न भ्याइनभ्याई हुन्थ्यो ।

सोही ठाउँकै सेतुराम श्रेष्ठ पनि घरमा गोरु पाछन् । उनी विगतमा आफ्नो खेती लगाएपछि अरुको खेतबारी जोतेर राम्रै कमाइ गर्थे तर, अहिले रित्तो हात बस्नुपर्छ ।’बर्खामा खेत जोतेर आएको आम्दानीले दशैँसम्म खर्च सजिलो गरी चल्थ्यो, हिजोआज हलोको सट्टा हाते ट्याक्टर, पावर टिलर तथा ठूल्ठूला ट्याक्टर गाउँमा भित्रिए, हलो जोतेर खाने हलिहरुको पेशा चौपट भएको छ,’ उनले भने ।

कृषि यान्त्रिकरणको विकासका कारण जिल्लाभित्र एक हजार भन्दा बढि श्रमिक तथा मजदुर विस्थापित भएका छन् । साविक जिल्ला कृषि विकास कार्यालयले अनुदानका रुपमा विभिन्न कृषि यान्त्रिकरण कृषकलाई वितरण गरेपछि हलियाहरुको पेशा गुमेको हो ।

आफ्नो गाउँ ठाउँमा उपलब्ध रोजगारी गुमेपछि काम र दामको खोजीमा दैनिक सयौँ मजदूर विदेश जान्छन् । नयाँ सडकका ट्र्याक खोल्ने काममा होस् वा सडकको स्तरोन्नति गर्नमा होस् मजदूर कम मेशिनको ज्यादा प्रयोग हुन थालेको छ ।रासस

प्रतिक्रिया दिनुहोस