अन्तर्राष्ट्रिय विमानस्थलको अवरोध हट्यो, ८ घन्टापछि उडान सञ्चालन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अन्तर्राष्ट्रिय विमानस्थलको अवरोध हट्यो, ८ घन्टापछि उडान सञ्चालन


२७ असार २०७६, शुक्रबार


काठमाडौं । यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएपछि अवरुद्ध भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण सुरु भएको छ ।

नेपालगञ्जबाट यात्रु लिएर आएको यती एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । त्यसपछि विहान ११ बजेर ५ मिनेटदेखि अन्तरिक तथा बाह्य उडान तथा अवतरण अवरुद्ध हुँदै आएको छ ।

साँझ ७ बजेदेखि भने उडान र अवतरण सञ्चालन भएको छ । घाँसे मेदानमा पुगेको विमान त्यहाँबाट हटाएपछि उडान सुचारु भएको नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस