वीर अस्पतालको नवनिर्मित भवनको उद्घाटन « प्रशासन
Logo २८ भाद्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

वीर अस्पतालको नवनिर्मित भवनको उद्घाटन


२७ असार २०७६, शुक्रबार


काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले वीर अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । उनले जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निर्माण गरेको भवन उद्घाटन गरेका हन् ।

उपप्रधानमन्त्री यादवले अस्पतालको विकासका लागि नेपाल सरकार आवश्यक सहयोगका लागि सधैँ तयार रहेको बताए । वीर अस्पताल पछिल्लो दिनमा गर्व गर्न लायक अस्पताल बन्दै गइरहेको उनले औँल्याए । अस्पतालमा कार्यरत कर्मचारी कर्तव्यनिष्ठ भएर काममा लाग्न उनले निर्देशन दिए । उनले भने, ‘म यो अस्पतालमा काम गर्छु भन्दा आफूलाई गर्व लाग्ने गरेर काममा लाग्नुपर्छ ।’

चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा देवनारायण साहले नयाँ भवन निर्माण भएपछि जनआकाङ्क्षा बढ्ने हुँदा कर्मचारीले पनि थप काम गर्नुपर्ने बताए । कार्यरत कर्मचारी थप अनुशासित भएर काम गर्नुपर्नेमा उनको जोड छ । उनले भने, ‘कर्मचारीहरु समयमा नै अस्पतालमा आउने र आफ्नो जिम्मेवारी पूरा गर्न लाग्नुपर्छ ।’

विसं २०७२ को भूकम्पका समयमा अस्पतालको यो भवन क्षतिग्रस्त बनेपछि जाइकाले पुनःनिर्माण शुरु गरेको हो । नवनिर्मित भवनमा कोर्डियोलोजी, ग्यास्ट्रोलोजी र नेफ्रोलोजी विभाग रहने अस्पतालले जनाएको छ । जाइकाले यो अस्पताल र परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल एउटै आयोजनामा निर्माण गरेको हो । दुवै अस्पतालको गरेर जम्मा लागत रु दुई अर्ब ३६ करोड रहेको छ ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस