प्रधानसेनापति थापा चिफ अफ डिफेन्स कन्फ्रेन्समा सहभागी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रधानसेनापति थापा चिफ अफ डिफेन्स कन्फ्रेन्समा सहभागी


२७ असार २०७६, शुक्रबार


काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघीय मुख्यालय, न्युर्योकमा आयोजित विश्वका १०६ मुलुकका सेना प्रमुख तथा वरिष्ठ सैनिक अधिकारीहरुको सहभागिता रहेको चिफ अफ डिफेन्स कन्फ्रेन्समा सहभागी भएका छन्।

बिहीबार भएको उक्त्त भेलामा प्रधानसेनापति थापाले संयुक्त राष्ट्रसंघको आह्वानमा नेपालले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापना कार्यमा निर्वाह गर्दै आएको अग्रणी भूमिकाबारे प्रसंग उठाउँदै नेपाल सरकारको नीति अनुरुप संयुक्त राष्ट्र संघ अन्तर्गतका मिशनहरुमा शान्ति सैनिकहरुको सहभागिता बढाउँदै लगिने बताए।

यस अघि बुधबार प्रधानसेनापति थापा संयुक्त राष्ट्र संघको न्युर्योकस्थित मुख्यालयमा आयोजित वुमन पिस एण्ड सेक्युरिटी सेमिनारमा सहभागि भएका थिए। उक्त सेमिनारको उद्देश्य विश्वका सेना प्रमुखहरु सहितको संजाल विकास गर्नु रहेको थियो। संयुक्त राष्ट्रसंघको आह्वानमा भएको सो सेमिनारमा ४४ मुलुकका सेना प्रमुखहरुको सहभागिता रहेको थियो।

साथै प्रधानसेनापति थापाले शुक्रबार अमेरिकी रक्षा विभागमा अमेरिकी सेना अन्तर्गत दक्षिण एशिया विभाग हेर्ने पदाधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। औपचारिक कार्यक्रम सम्पन्न गरी उनी साउन १ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस