२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चलचित्र निर्माता ओझा र नायिका पोखरेलबीच सहमति

अ+ अ-

काठमाडौं । चलचित्र निर्माता छवी ओझा र नायिका शिल्पा पोखरेलले शान्ति सुरक्षामा आँच आउने गरी कुनै पनि गतिविधि नगर्ने सहमति गरेका छन् ।

नायिक पोखरेलले श्रीमान्बाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकीले आज काठमाडौँस्थित महानगरीय प्रहरी परिसरमा भएको छलफलमा यस्तो सहमति भएको हो । परिसरका प्रवक्ता होविन्द्र बोगटीले आपसी शान्ति सुरक्षामा आँच आउने हिसाबले दुवै पक्षबाट कुनै पनि गतिविधि नगर्ने यदि त्यस्तो घटना हुन पुगे कानूनीरुपमा मुद्दा अगाडि बढाइने सहमति भएको जानकारी दिए ।

सहमतिपछि परिसरमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै नायिका पोखरेलले भनिन्, ‘मलाई जे पर्‍यो त्यो मैले भोगेँ, यदी कसैले त्यस्तै पीडा भोगिरहनुभएको छ भने तपाई पनि नडराइकन आउनुस् भन्छु ।’

पोखरेलले उक्त घटनामा निर्माता ओझाले क्षमा मागेको बताए । छलफलपछि पत्रकारसँग कुरा गर्दै चलचित्र निर्माता ओझाले सामान्य घर झगडा प्रहरीमा आउनुपर्ने खालको थिएन तर यसमा मेलमिलाप भइसकेकोे जानकारी दिए ।

‘लज्जा’ चलचित्रबाट शिल्पालाई ओझाले नै चलचित्रको नायिकामा डेब्यु गराएका थिए । अभिनेत्री रेखा थापासँग डिभोर्सपछि ओझाले शिल्पासँग विवाह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस