स्वच्छ, प्रभावकारी, पारदर्शी र सेवामुखी प्रशासन बनाउने उद्येश्यमा दृढ –प्रधानमन्त्री ओली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्वच्छ, प्रभावकारी, पारदर्शी र सेवामुखी प्रशासन बनाउने उद्येश्यमा दृढ –प्रधानमन्त्री ओली


प्रशासन विशेष ब्युरो

२६ असार २०७६, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशासनलाई स्वच्छ, प्रभावकारी, पारदर्शी र सेवामुखी बनाउने उद्येश्यमा दृढताका साथ अघि बढी रहेको बताएका छन् ।

राज्यको पुनःसंरचना अनुसार नै प्रशासनिक पुनर्संरचना आवश्यक रहेको बताउँदै ओलीले सुशासन, सभ्रान्त र विकसित राष्ट्रको गतिमा देश अघि बढी रहेको बताएका छन् ।

उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समिति र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संयुक्त आयोजनामा राजधानीस्थित होटेल याक एण्ड यतीमा सञ्चालित संविधान कार्यान्वयन र प्रशासनिक पुनःसंरचना विषयक राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् ।

देशको विकास जनताबाटै हुने भएकोले जनतामा कति आत्मविश्वास जगाउन सकिन्छ भन्ने कुरा प्रशासनिक क्षेत्रको प्रभावकारिता र सेवा प्रवाहबाट मापन हुने प्रधानमन्त्री ओलीको भनाई छ ।

कार्यक्रममा संविधान एवं कानुन विश्लेषक काशीराज दाहाल, पूर्व सचिवद्वय मधु रमण आचार्य र पूर्ण चन्द्र भट्टराईले कार्यपत्र प्रस्तुत गर्नुका साथै पूर्वविशिष्ठ प्रशासकहरूले कार्यपत्रमाथि टिप्पणी तथा सुझाव दिएका छन् ।

कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलगायत संसद्को विभिन्न राज्य व्यवस्था समितिका सभापतिहरू, पूर्व उच्च प्रशासक तथा बहालवाला सचिव, सहसचिवलगायत अन्य क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस