पत्र गोप्य राख्दा म लज्जित हुनुपर्‍यो : प्रधानमन्त्री « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पत्र गोप्य राख्दा म लज्जित हुनुपर्‍यो : प्रधानमन्त्री


२६ असार २०७६, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफू लज्जित हुनुपरेको बताएका छन् । भारतबाट आएको पत्र गोप्य राख्दा आफू लज्जित हुनुपर्ने अवस्था आएको बताएका हुन् । उनले यसबारे खोजबिन भइरहेको पनि बताए ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतबाट आएको पत्र गोप्य राखेर आफूलाई झुक्याइएको बताए । उनले भने, ‘भारतबाट पत्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमा बोलेँ विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु र मलाई जानकारी नदिनुले म लज्जित हुनुपर्‍यो । यसप्रति म क्षमाप्रार्थी छु ।’

आफूलाई झुक्याएको बारे खोजबिन भइरहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले नेपालीको भान्सामा विषादी पाक्न हुँदैन, शुद्ध खाना हुनुपर्छ भन्ने सरकारको उद्देश्य भएको बताउँदै सरकारविरुद्ध चलाएको मिसन पूरा हुन नदिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस