गर्भवती महिलालाई पोषण खाद्य सामग्री वितरण « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

गर्भवती महिलालाई पोषण खाद्य सामग्री वितरण


२५ असार २०७६, बुधबार


कैलाली । टीकापुर नगरपालिकाले पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणाका लागि गर्भवती महिलालाई पोषण खाद्य सामग्री वितरण गरेको छ । नगरपालिकाले नगर क्षेत्रमा रहेका सुत्केरी महिलालाई एक क्यारेट अण्डा, एक किलो भटमास र फलफूल वितरण गरेको हो ।

नगरपालिकाले १ नं वडाका १०० र अन्य वडाका ३०० गरी ४०० गर्भवतीलाई पोषण तथा आहार वितरण गरेको हो । गर्भवतीलाई अण्डा वितरण गर्दै नगरपालिकाका उपप्रमुख केशरी विष्टले गर्भावस्थामा बच्चा र आमा कसरी स्वस्थ रहने भन्नेबारेमा जानकारी दिन यो कार्यक्रम गरिएको बताए । “गर्भवती अवस्थामा आमा र बच्चाको स्वास्थ्यमा विशेष ख्याल गरिनुपर्छ, आमाका लागि शान्त, सहज वातावरण पनि चाहिन्छ ।”

उपप्रमुख विष्टले भने, “यस वर्ष पोषण सामग्री वितरण गर्‍यौँ, अर्को वर्ष आमासँग उपमेयर कार्यक्रम सञ्चालन हुनेछ”, स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले पोषण सामग्री वितरणसँगै गर्भवतीलाई गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा, गर्भ जाँच, लगाउनुपर्ने खोप, नियमित खानुपर्ने आइरन चक्कीजस्ता ज्ञानसमेत दिइएको बताए । उनले घरमा सुत्केरी हुने दर शून्य गर्न पनि यो अभियान चलाइएको बताए। त्यसैगरी निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको र नगरपालिकाले सुत्केरीका लागि आवश्यक रगत पनि निःशुल्क पाइने व्यवस्था मिलाएको छ ।

गर्भवती रश्मीला शाहले पोषणसँगै गर्भावस्थामा ध्यान दिनुपर्ने कुराबारे सचेत भएको बताए । “हामीले खाना खाने तरिका नै गलत रहेछ”, शाहले भने, “हामी त सुत्केरी भएपछि टन्न खानुपर्छ सोच्थ्यौँ, गर्भावस्थादेखि नै ख्याल गर्नुपर्ने रहेछ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस