समायोजन महाशाखा विघटन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

समायोजन महाशाखा विघटन


२४ असार २०७६, मंगलबार


समायोजन

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहमा सबै कर्मचारी समायोजन गरेपछि मन्त्रालय मातहतको समायोजन महाशाखा विघटन गरेको छ ।

मन्त्रालयका प्रवक्ता भुपाल बरालले समायोजनको काम सकिएपछि महाशाखा विघटन गरिएको जानकारी गराए । सो महाशाखामा रहेका सहसचिव केदारप्रसाद पनेरुलाई अहिले योजना महाशाखामा सरुवा गरिएको छ ।

उनले कर्मचारीको समायोजन ऐनमा नै कर्मचारीको समायोजन भएपछि महाशाखा विघटन गर्ने भनिएको र त्यही अनुसार महाशाखा विघटन गरिएको बताए । सरकारले सङ्घमा ३९ हजार ९६०, प्रदेशमा १३ हजार ८२१ र स्थानीय तहमा ५१ हजार ४५७ कर्मचारी समायोजन गरेको थियो ।रासस

प्रतिक्रिया दिनुहोस