२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विनियोजन विधेयकसँग आश्रित तीन विधेयक पारित

अ+ अ-

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले विनियोजन विधेयक, २०७६ सँग आश्रित तीनवटा विधेयक बहुमतले पारित गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०७६’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७६’ र ‘ऋण तथा जमानत (तेइसौँ संशोधन) विधेयक, २०७६’ लाई पारित गरेको हो ।

यी तीन विधेयक पारित भएसँगै राष्ट्रियसभाले आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । राष्ट्रियसभाले सोमबार विनियोजन विधेयक, २०७६ पारित गरेको थियो ।

विदेश पढ्न जानेको खर्च ४५ अर्ब

अर्थमन्त्री डा खतिवडाले माध्यमिक शिक्षालाई निःशुल्क नै गर्ने सरकारको लक्ष्य रहेको अवस्थामा उच्च शिक्षा लिन विदेश जानै पर्ने भन्ने मान्यतालाई क्रमशः कम गर्दै लैजानुपर्ने बताए । देशभित्रै अन्तर्राष्ट्रियस्तरका अध्ययन हुने र त्यस्ता विषय पढाउने विश्वविद्यालय र क्याम्पस रहेकाले विदेश जार्नैपर्ने अवस्था क्रमशः अन्त्य हुने उनको भनाइ छ ।

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले मात्रै वार्षिक रु ४५ अर्ब खर्च भइरहेको तथ्याङ्क पेश गर्दै अर्थमन्त्रीले भुक्तानी सन्तुलनमा नै प्रभाव पार्ने गरी विदेशी मुद्रा विदेसिँदा त्यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने बताए ।

निर्यात अनुदान दिएर आर्जन गरेको विदेशी मुद्रा विदेसिन नदिन केही न केही गर्नैपर्ने अवस्था आएको भन्दै उनले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीका अभिभावकले कर तिरेको प्रमाणको समेत व्यवस्था गर्न लागिएको जानकारी दिए।

सांसद जितेन्द्रनारायण देवले विदेशमा पढ्न जाने विद्यार्थीलाई दुई प्रतिशत शुल्क किन लिन खोजिएको भन्ने प्रश्नमा अर्थमन्त्रीले उक्त जवाफ दिएका हुन् ।

राष्ट्रियसभाको अर्को बैठक यही आगामी साउन ३ गते दिउँसो १ बजे बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस